Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

तत्काल माओवादीसँगको गठबन्धन बनिहाल्ने अवस्था विद्यमान भएको मान्न सकिन्न: महेश बर्तौला

तत्काल माओवादीसँगको गठबन्धन बनिहाल्ने अवस्था विद्यमान भएको मान्न सकिन्न: महेश बर्तौला

  • सोमवार, फाल्गुण २१ २०८०

  • 609
    SHARES

  • तत्काल माओवादीसँगको गठबन्धन बनिहाल्ने अवस्था विद्यमान भएको मान्न सकिन्न: महेश बर्तौला

    काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले हिजो साँझ भएको छलफलका आधारमा तत्काल कांग्रेससँग माओवादीको गठबन्धन टुटेर एमालेसँग मिल्छ भनेर भन्न सकिने अवस्था नरहेको बताउनुभएको छ ।

    संसदभित्रको गणीतले कुनै पनि बेला जुनसुकै अवस्थाहरु, जो सुकैसँग पनि बन्न सक्छ भन्ने अनुमान लगाउन सक्ने भए पनि अहिले नै माओवादीसँग नयाँ गठबन्धन बनिहाल्ने अवस्था विद्यमान भएको स्विकार गर्न नसकिने स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बर्तौलाले कांग्रेस र माओवादी देखिएको खटपटकाबीच हिजो साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुबीचको छलफल हेर्दा अक कांग्रेसँगको गठबन्धन टुटेर माओवादी, एमाले, रास्वपा र जसपासँगको नयाँ गठबन्धन बन्छ भनेर विभिन्न अनुमान र आँकलनहरु भइरहेका छन् ।

    हिजो साँझको छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादी उपमहासचिव वर्षमान पुन तथा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल, रास्वपाका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागि थिए ।


    सोमवार, फाल्गुण २१ २०८००७:५५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij