Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

महिलाको सहभागितामा सुधार देखिएको छ: भगवती चौधरी

महिलाको सहभागितामा सुधार देखिएको छ: भगवती चौधरी

‘महिलाले सरकारको अनुभुति हुनेगरी काम गर्छु’
  • शुक्रवार, फाल्गुण २५ २०८०

  • 606
    SHARES

  • महिलाको सहभागितामा सुधार देखिएको छ: भगवती चौधरी

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अहिलेको अवस्थामा महिलाको सहभागितामा केहि सुधार आएको बताउनुभएको छ । हरेक क्षेत्रको अवस्था हेर्दा चित्त बुझ्दो नभएकोले अब आगामी दिनमा राजनीतिकदेखि प्रशासनीक तहसम्म महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री चौधरीले सबैभन्दा पहिले महिलाहरुको लागि नितिगत सुधार गर्ने बताउनुभएको छ । ऐन नियम मै नितिगत सुधार आयो भने जघन्य अपराध गर्नेहरुलाई सोहि अनुसारको कानुन बन्ने भएकाले हिंसा केहि कम हुने र दोषीले सजाय पाउने मन्त्री चौधरीको भनाइ छ ।

    महिलाको हक अधिकारका लागि सुरुदेखि नै लागिरहेको बताउँदै मन्त्री चौधरीले महिलालाई कानुनी अधिकारमा पहुँच, शाक्तीशाली र आर्थिकरुपमा पनि आत्मनिर्भर बनाउन सकियो भने हिंसा र विभेद कम हुने विश्वास व्यक्त गर्नुभयो ।

    आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भाषण मात्रै भन्दा पनि महिलाको हक, अधिकार र सुरक्षाका लागि काम गर्ने मन्त्री चौधरीले प्रतिवद्धता व्यक्त गर्नुभयो । शहर मात्रै नभएर गाउँसम्मका सबै महिलाले कानुनको अनुभुति गर्नेगरी काम गरेर देखाउने उहाँको भनाइ छ ।

    आज विश्वभर ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनकी नागरिक क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

    यस वर्षको नारा ‘महिलामा लगानी, मर्यादित समुन्नत समाजको थालनी’ रहेको छ । पछिल्लो समय सामाजिक न्याय र लैङ्गिक समानताको हकमा नेपालले धेरै प्रगति गरेको छ । शिक्षा र स्वास्थ्य तथा राजनीतिक सहभागितामा महिलाको पहुँचका सन्दर्भमा नेपाल धेरै सकारात्मक उपलब्धि हासिल गर्दै दक्षिण एसियामा अग्रपंक्तिमा पुगेको छ ।


    शुक्रवार, फाल्गुण २५ २०८००८:०४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij