काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिँदा सबै सांसदहरूलाई उपस्थित हुन ह्वीप जारी गरेको छ ।
पार्टीको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले ह्वीप जारी गरिएको जानकारी दिनुभएको हो ।
त्यस्तै राष्ट्रियसभा अध्यक्षको मतदानमा उपस्थिति हुनका लागि ह्वीप जारी गरिएको पाण्डेले बताउनुभयो । फागुन ३० गते प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने प्रचण्डको तयारी छ ।