Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उपचारका लागि टिकट काट्ने लाइनमा बसेका युवकको मृत्यु

उपचारका लागि टिकट काट्ने लाइनमा बसेका युवकको मृत्यु

  • आइतवार, फाल्गुण २७ २०८०

  • 1.1K
    SHARES

  • उपचारका लागि टिकट काट्ने लाइनमा बसेका युवकको मृत्यु
    काठमाडौं । उपचारका लागि अस्पतालको टिकट काट्ने लाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।
     
    पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका जीवनबाबु थापामगरको आइतबार बिहान मृत्यु भएको हो ।
     
    मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका ३ लौरीघोलका ३४ वर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक ढल्नुभएको थियो ।
     
    त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।


    आइतवार, फाल्गुण २७ २०८००२:३१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij