काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अहिलेको गठबन्धन लामोसमयसम्म टिक्ने नदेखिएको बताउनुभएको छ ।
सर्तैसर्तमा बनेको विवादित मन्त्रीहरुको गठबन्धन निरन्तर रहन्छ भनेर भन्नु र यसबाट जनताका लागि केहि राम्रा कामको अपेक्षा गर्नु दुवै उपयुक्त नहुने कांग्रेस नेता समेत रहनुभएका खतिवडाको दाबी रहेको छ । यस्तै नेता खतिवडाले संसदमा अब कांग्रेस रचनात्मक प्रतिपक्षमा रुपमा उपस्थित रहने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले सत्ता र राजनीति नभई जनतालाई संवृद्धि र विकासका बाटोमा अगाडि बढाउन पहल गर्नु र जनताको हितमा काम गर्नु मूख्य उदेश्य रहेकाले आफूहरु जनतामै केन्द्रित रहने स्पष्ट पार्नुभयो ।
यस्तै सरकारले जनतामा गरेका प्रतिवद्धता पूरा भए भएनन् भन्ने कुराहरु नियाल्दै नराम्रा कामको विरोध र देशजनताकापक्षमा भएका सकारात्मक कामको समर्थन गर्दै संसदमा रचनात्मक भुमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।
बाहिर सार्वजनिक भइरहेका सुन र पुनका कुरा, सहकारी ठगीलाई नै चाबी दियो भन्नेलगायत चर्चामा आएका प्रकरणमा जोडदारका साथ आवाज उठाउँदै संसदमा जवाफ माग्ने पनि उहाँको भनाइ छ ।
हिजो प्रतिपक्षमा हुँदा विवादास्पद मन्त्रीहरुकाबारे आवाज उठाएको एमालेले आज सत्तामा रहदा पनि विरोध गर्दै आवाज उठाउनेमा आफूहरु आशावादि रहेको बताउँदै शहकारी ठगिको नाइकेलाई कारवाहिको दायरामा ल्याउन पहल गर्न सत्तामा रहेका दलहरुले पनि आफूहरुलाई साथ दिनुपर्ने उहाँको आग्रह रहेको छ ।
यस्ता विभिन्न प्रकरणका विवादास्पद व्यक्तिलाई मन्त्रीमण्डलमा नराख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोधसमेत गर्नुभएको छ ।