Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रुसको राष्ट्रपतिमा पुनः पुटिन नै निर्वाचित, झण्डै ८८ प्रतिशत मत पाए

रुसको राष्ट्रपतिमा पुनः पुटिन नै निर्वाचित, झण्डै ८८ प्रतिशत मत पाए

  • सोमवार, चैत्र ५ २०८०

  • 2.3K
    SHARES

  • रुसको राष्ट्रपतिमा पुनः पुटिन नै निर्वाचित, झण्डै ८८ प्रतिशत मत पाए

    काठमाडौं। रुसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन नै निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले पाँचौँ कार्यकालका लागि जीत हासिल गर्न सफल भएका हुन् ।

    रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी)ले हिजो आइतबार आधाभन्दा बढी मतगणना हुँदा पुटिनले ८७.३ प्रतिशत मतसहित अग्रता बनाएको जानकारी दिएको थियो । जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । त्यतिबेला उनी ७७ वर्षका हुनेछन् ।

    जोसेफ स्टालिनपछि पुटिन रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता हुन् । उनी विगत ३ दशकदेखि शक्तिमा रहेका छन् । यसअघि प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुन्थ्यो । तर सन् २००८ मा कार्यकालको अवधि छ वर्षका लागि थप गरिएको थियो ।

     


    सोमवार, चैत्र ५ २०८००६:२९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij