Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विभिन्न प्रकरणमा मुछिएका मन्त्री, सांसद जो पनि छन् सबैले राजीनामा दिएर अनुसन्धानमा सघाउनपर्छः डा. धवलशमशेर जवरा

विभिन्न प्रकरणमा मुछिएका मन्त्री, सांसद जो पनि छन् सबैले राजीनामा दिएर अनुसन्धानमा सघाउनपर्छः डा. धवलशमशेर जवरा

  • बिहिवार, चैत्र ८ २०८०

  • 557
    SHARES

  • विभिन्न प्रकरणमा मुछिएका मन्त्री, सांसद जो पनि छन् सबैले राजीनामा दिएर अनुसन्धानमा सघाउनपर्छः डा. धवलशमशेर जवरा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर जवराले सहकारी पीडितको पक्षमा आफूहरुले सदनदेखि सडकसम्म निरन्तर आवाज उठाइरहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै जवराले सहकारी ठगी प्रकरणको सत्यतथ्य र निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कारवाही र पीडितलाई न्याय दिन सरकार गम्भिररुपमा लाग्नुपर्ने माग गर्नुभयो ।

    यो प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएर या पदबाट बाहिर बसेर छानविन हुँदासम्म प्रभाव नपार्नेगरी सहयोग गर्नुपर्ने नेता जवराको भनाइ रहेको छ ।

    प्रमूखप्रतिपक्ष दल नेपाली कांग्रेसले रास्वपाका सभापतिसमेत रहनुभएका गृहमन्त्री लामिछानेको राजीनामा निरन्तर मागिरहेको छ भने संसदमा अवरोधसमेत गरेको छ । राप्रपाको पनि यहि माग र आवाज रहेको नेता जवराले स्पष्ट पार्नुभयो । गृहमन्त्रीले स्वयम्ले नै राजीनामा दिएर छानविनको मार्गप्रशस्त गरिदिनुपर्नेमा चौतर्फि आलोचना र दवाव हुँदासम्म अटेर गरेर बसिरहनु उचित नभएको उहाँको भनाइ छ ।

    सबै सांसद र मन्त्रीहरु जो आरोपित छन् जो माथि अख्तियार अथवा सिआइबीको छानविन भइरहेको छ त्यस्ता व्यक्तिहरु निष्पक्ष छानविनको लागि मार्गप्रशस्त गरिदिनुपर्ने र सरकारले पनि बचाउ तर्फ नभई कारवाही गर्नतर्फ लाग्नुपर्ने उहाँको तर्क रहेको छ ।

    यस्तै, देशव्यापीरुपमा आन्दोलनको तयारीमा रहेको राप्रपाले २७ गतेदेखि काठमाडौंमा विशाल जनसभा गरेर आन्दोलनलाई अगाडि बढाउने उहाँले बताउनुभयो ।


    बिहिवार, चैत्र ८ २०८००८:२९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij