Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्रीमाथिको आरोपबारे प्रधानमन्त्रीको जवाफ लज्जासपद: भीम रावल

गृहमन्त्रीमाथिको आरोपबारे प्रधानमन्त्रीको जवाफ लज्जासपद: भीम रावल

  • शनिवार, चैत्र १० २०८०

  • 832
    SHARES

  • गृहमन्त्रीमाथिको आरोपबारे प्रधानमन्त्रीको जवाफ लज्जासपद: भीम रावल

    काठमाडौं । वर्तमान गठबन्धन पनि पूरानै शैलीको देखिएको बताउनुभएको छ । नेकपा एमालेका नेता भीम रावलले वर्तमान सत्ता गठबन्धन पनि पूरानै शैलीको देखिएको बताउनुभएको छ ।

    पूर्व मन्त्रीसमेत रहनुभएका रावलले सत्तारूढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम र सङ्कल्पमा नयाँ खासै नपाएकोले यो गठबन्धन सरकारबाट पनि जनताले चाहेको जस्तो विकाश र संवृद्धिमा आसंका व्यक्त गर्नुभएको छ ।

    नेपाली जनताले परिवर्तन चाहेको मूख्य क्षेत्र स्वास्थ्य, शिक्षा र अर्थतन्त्र अस्तव्यस्त रहेकाले जनतामा आसा जगाउने काम अहिलेको सरकारले गर्नुपर्ने भए पनि त्यस्तो नदेखिएको नेता रावलको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले अब सरकारले कुनै बाह्य शक्तिबाट प्रायोजित भएर नभइ आफू प्रतिवद्ध भएर, आफ्नै चिन्तनधाराबाट काम नगरेसम्म देशको विकास नहुने दाबी गर्नुभयो ।

    यस्तै सत्ताकै चक्रमा घुमिरहने र आफ्नै पक्षलाई जोगाइराख्ने प्रवृतिबाट अहिलेको राष्ट्रिय राजनीति मुक्त भएको आफूले नपाएको बताउँदै यसले देश र जनताको नभइ सत्तामै रहेकाको मात्रै विकाश र हित हुने आरोप लगाउनुभयो ।

    अर्को प्रसंगमा नेता रावलले गृहजस्तो पदमा रहेका रवि लामिछानेमाथि लागेका विभिन्न आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ लज्जास्पद भएको बताउनुभएको छ ।

    गृहमन्त्रीलाई लगाइएका आरोप गलत हुन् भनेर प्रधानमन्त्रीले कसरी थाहा पाउनुभयो भन्ने प्रश्न गर्दै रावलले प्रचण्ड अनुसन्धान गर्ने निकाय हो भन्दै प्रश्न दोहो¥याउनुभयो ।

    राजनीतिलाई स्वच्छ बाटोतर्फ लिने हो भने प्रश्न उठेका कुनै पनि व्यक्तिले मार्गप्रशस्त गरिदिनुपर्ने नेता रावलको भनाइ छ । आफूलाई मन परेको व्यक्तिलाई होइन भनेर बचाउ गर्ने र आफ्नो स्वार्थमा धक्का पु¥याउने व्यक्ति, राम्रो स्वच्छ भए पनि उ माथि प्रहार गर्ने क्रियाकलापबाट राजनीति स्वच्छ हुन नसक्ने उहाँको दाबी रहेको छ ।


    शनिवार, चैत्र १० २०८००९:२०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij