काठमाडौं । बरिष्ठ चिकित्सक तथा नागरिक अगुवा डा सुन्दरमणी दिक्षितले सभापति रवी लामिछानेको गलत छविका कारण राष्ट्रिय स्वतन्त्र पार्टी नै धरासायी हुन लागेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । गत निर्वाचनमा आफूले रास्वपालाई नै मतदान गरेको बताउदै उहाँले रवीले आफुलाई शंकाको घेराबाट मुक्त नगरी चुनौती मात्रै दिनु गलत भएको तर्क गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा उहाँले भन्नुभयो, “ग्यालेक्सी टिभीमा आफ्नो १५ प्रतिशत सेयर छ भन्ने व्यक्तिले त्यहाँको हिसाव किताव मलाई थाहा छैन, मैले छोडीसकेँ भनेर उम्कीन मिल्दैन ।”
आफू मन्त्री भएको एक हप्तामा जिवी राईलाई पक्राउ गर्छु भन्ने उपप्रधान तथा गृहमन्त्री लामिछानेले अहिले सत्तामा गएपछि भने वोली फेरेर पक्राउ नगरेको उहाँको आरोप छ । जीवी राईलाई पक्राउ गर्न सत्ता पक्षका कसैले पनि नचाहेको डा. दिक्षितको दावी छ ।
“जिवि राईले बयानमा रविले पैसा खाएको भन्दीए भने सरकार नै ढल्ने भएकाले गठवन्धनका सकैले पनि उनलाई पक्राउ गर्न चाहेको छैन,” उहाँले भन्नुभयो । जिवि राईले आफूलाई पैसा खाएको आरोप लगाउने संभावना भएकाले पनि रविले जिवीलाई पक्राउ गर्न नखोजेको उहाँको आशंका छ ।
आफू निर्दोष भएको भए संसदीय छानविन समिति गठन गर्न जोडदार माग गर्न पनि उहाँले गृहमन्त्री लामिछानेलाई सुझाव दिनुभयो ।
लामिछानेका बारेमा काँग्रेस महामन्त्री गगन थापाले संसदमा उठाएको विषय एकदमै स्वभाविक भएको तर्क गर्दै उहाँले यो महामन्त्री थापाको व्यक्तिगत चासो भन्दा पनि पिडितहरुको चासोको विषय भएको उल्लेख गर्नु भयो । यसलाई महामन्त्री थापाले उठाएको भन्दा पनि काँग्रेसले उठाएको रुपमा बुझ्नु पर्ने बताउनु भयो ।
डा दिक्षितले माओवादी उपाध्यक्ष महरालाई पक्राउ गरेर विरामीको वाहनामा छोड्नु लामिछानेको अर्को महाभूल भएको टिप्पणी पनि गर्नुभयो ।