Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कम्युनिष्टले देश र जनताका लागि काम गर्छ भन्ने आस कसैलाई छैन: रमेश जंग रायमाझी

कम्युनिष्टले देश र जनताका लागि काम गर्छ भन्ने आस कसैलाई छैन: रमेश जंग रायमाझी

  • बुधवार, चैत्र १४ २०८०

  • 469
    SHARES

  • कम्युनिष्टले देश र जनताका लागि काम गर्छ भन्ने आस कसैलाई छैन: रमेश जंग रायमाझी

    काठमाडौं । नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले कम्युनिष्टले देश र जनताका लागि काम गर्छ भन्ने आस नै नरहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले कम्युनिष्टले मुलुक बनाउँछ भन्ने कसैलाई पनि आस नभएको र जनताले विश्वास गरेको दल नै कांग्रेसप्रति पनि जनताहरु अहिले उदाशिन भएकाले अब लोकतान्त्रिक गठबन्धन बनाएर जनतामा विश्वास फेरि जगाउने तयारीमा रहेको स्पष्ट पार्नुभयो ।

    भाषण र आश्वासन मात्रै बाँड्ने अहिलेको सरकारले भ्रष्टचारीलाई सत्तामा राखेको र बचाउमा लागिपरेको नेता रायमाझीले आरोप लगाउनुभयो । विभिन्न प्रकरणमा नाम मुछिएका मन्त्रीबाट देशको विकासको आस कसरी गर्ने भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ ।

    कम्युनिष्टरहितको गठबन्धन निर्माण गर्ने र देशमा भएका बेथिती, भ्रष्टाचारविरुद्ध सशक्त भएर काम गरेर देखाउने अबको योजना रहेको नेता रायमाझीको भनाइ छ ।

    माधव नेपालको नेकपा एस र उपेन्द्र यादवको पार्टी जसपाले लोकतान्त्रिक गठबन्धनमा समेटिन्छौ भनेर आउछन् भने एकता गरेर अगाडि बढ्ने बताउँदै उहाँले राम्रो काम गर्नेको प्रसंशा र नराम्रो गर्नेविरुद्ध आवाज उठाउन सक्ने सामथ्र्य राख्नुपर्नेमा जोड दिनुभयो ।

    यस्तै, बिआरआईको प्रसंगमा नेता रायमाझीले यसबाट पनि देशलाई अनुदान आउँछ भने लिनुपर्छ भन्नेपक्षमा रहेको स्पष्ट पार्दै नेपालले विकासका लागि, देशको स्वार्थका लागि पैसा लिनुपर्ने बताउनुभयो ।


    बुधवार, चैत्र १४ २०८००८:१५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij