Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दिल्लीमा डा. आरजुले गराइन् थाइराइडको शल्यक्रिया

दिल्लीमा डा. आरजुले गराइन् थाइराइडको शल्यक्रिया

  • बिहिवार, चैत्र १५ २०८०

  • 882
    SHARES

  • दिल्लीमा डा. आरजुले गराइन् थाइराइडको शल्यक्रिया
    काठमाडौं । थाइराइड सम्बन्धी समस्याबाट पीडित नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ ।
     
    नयाँदिल्लीस्थित म्याक्स हस्पिटल, साकेतमा बुधबार उहाँको शल्यक्रिया भएको हो । शल्यक्रिया सफल भएको र स्वास्थ्य सुधारोन्मुख रहेको आरजुका स्वकीय सचिव कमल रावलले जानकारी दिनुभएको छ।
     
    चिकित्सकको परामर्शअनुसार उहाँ अझै केही समय अस्पतालमै रहेर उपचार गर्नुपर्ने रावलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
     
    विज्ञप्तिमा लेखिएअनुसार आरजु विगत दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण भारतको नयाँदिल्लीमा उपचार गराउँदै आउनुभएको थियो । यही चैत २ गते संघीय संसद् सचिवालयलाई जानकारी गराइ उहाँ उपचारका लागि दिल्ली गएको र १४ गते हाइपरप्याराथाइरोडिजमको शल्यक्रिया गराएको रावलले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।
    image-166.webp


    बिहिवार, चैत्र १५ २०८००३:०१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij