Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

१३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो सम्पन्न

१३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो सम्पन्न

  • शनिवार, चैत्र १७ २०८०

  • 583
    SHARES

  • १३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो सम्पन्न

    काठमाडौँ । १३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो सम्पन्न भएको छ । जोय कस्मेटिक नेपालको प्रस्तुतिमा शुक्रबार काठमाडौं मा फेसन शो रनवे आधा दर्जन बढि सेलिब्रिटीहरूका साथमा सम्पन्न भएको हो ।

    1.jpg

    फेसन शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतका चर्चित सेलिब्रेटी एउटै र्‍याम्पमा प्रस्तुत गरेका थिए । १३औँ ‘आइसी डिजाइनर रनवे’ नामक फेसन शोमा उनीहरु शो टपरको रुपमा विभिन्न आकर्षक पहिरनसहित र्‍याम्पमा प्रस्तुत हुन भएका हुन ।

    ef2ef33b-57fc-4331-a211-1bc8e3c48223.jpg

    जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको ‘आइसी डिजाइनर रनवे’मा भारत, रसिया, सर्बिया लगायतका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहनेछ । नेपालका भने २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरू प्रस्तुत गरेका थिए ।

    अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत शोमा सहभागिता रहेको थियो । शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले बहन गरेको थियो । अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा ‘आइससी डिजाइनर रनवे’लाई प्रस्तुत गरिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताउनुभयो ।

    शोमा आइसी कलेजका २०२१ ब्याजका ७३ जना विद्यार्थीले डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा प्रस्तुत गरेकन थिए ।

    ‘आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारीले बताउनुभयो ।


    शनिवार, चैत्र १७ २०८००९:५०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij