Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले अहिले संसदमा गरेको अवरोध सरकारबाट हट्दाको पिडा: महेश वर्तौला

कांग्रेसले अहिले संसदमा गरेको अवरोध सरकारबाट हट्दाको पिडा: महेश वर्तौला

  • आइतवार, चैत्र १८ २०८०

  • 672
    SHARES

  • कांग्रेसले अहिले संसदमा गरेको अवरोध सरकारबाट हट्दाको पिडा: महेश वर्तौला

    काठमाडौं । नेकपा एमालेका नेता महेश वर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अहिले संसदमा गरेको अवरोध सरकारबाट हट्दाको तत्कालको पिडा अभिव्यक्त झल्किने बताउनुभएको छ ।

    नेता वर्तौलाले गृहमन्त्री लामिछानेलाई नयाँ सत्ता प्रक्रियाको प्रारम्भ हुँदै गर्दा अहिलेको गठबन्धन नबनोस भन्नका लागि प्रधानमन्त्री स्वीकार गर्न तयार रहेको कांग्रेसले अहिले दोष देख्नु भनेको आफूसँग हुँदा प्रधानमन्त्री र अरुसँग गृहमन्त्रीसम्म नस्वीकार्ने विषय नै गलत भन्ने सहजै अनुमान लगाउन सकिने बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले कांग्रेसले जुन कुरा उठाएर संसदमा लगातार अवरोध गरेको छ त्यो कुरा नमिलेको र संगतयुक्त नभएको भन्ने आफूहरुको आग्रह भएको स्पष्ट पार्नुभयो ।

    कांग्रसले लगातार सहकारी प्रकरणमा नाम मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा लगायतका माग राख्दै संसदमा अवरोध गरिरहेको छ । अबका दिनमा संसदलाई अगाडि बढाउनका लागि कांग्रेसको सहज भुमिका रहने विश्वास व्यक्त गर्नुभएको छ ।

    आजदेखि सुरु हुने संसद बैठक कांग्रेसकै कारण असहज हुन्न की भनेर अनुमान लगाउन सकिनेमा उहाँले जोड दिनुभयो । आगामी वैशाखको उपनिर्वाचनमा उम्मेदवार आ–आफ्नो दलबाट उठाइए पनि अहिले गठबन्धनमा कुनै समस्या नदेखिएको र नदेखिनेमा विश्वास दिलाउनुभयो ।


    आइतवार, चैत्र १८ २०८००९:१४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij