Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

  • आइतवार, चैत्र १८ २०८०

  • 1.4K
    SHARES

  • कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने
    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनु हुने भएको छ । मंगलबार विश्वासको मत लिने गरी प्रदेश सचिवालयमा औपचारिक जानकारी आएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।
     
    उहाँका अनुसार प्रदेशसभामा सचिवालयमा आज बिहान १० बजे नै पत्र प्राप्त भएको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ ।  सोही अनुरूप मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिन लाग्नुभएको हो । केन्द्रको समीकरण बदलिएसँगै सरकारका सहभागी नेपाली कांग्रेस गत फागुन २२ गते सरकारबाट बाहिरिएको थियो । 
     
    मुख्यमन्त्रीले विश्वासको मत लिन लागे पनि अहिलेसम्म नेतृत्वको टुङ्गो भने लागिसकेको अवस्था छैन । कर्णालीमा एमालेले पनि दाबी गरेकाले अहिलेसम्म केन्द्रले टुङ्गो लगाउन नसकेको हो ।  स्रोतका अनुसार मुख्यमन्त्री शर्माले आज बिहान एमाले संसदीय दलका नेता यामलाल कँडेलसँग छलफल गर्नुभएको छ। वीरेन्द्रनगरको भैरवस्थानमा रहेको कँडेल निवासमै पुगेर शर्माले छलफल गर्नुभएको हो। 


    आइतवार, चैत्र १८ २०८००२:००:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij