Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशमा गरिवी घटेको छः मन्त्री राजेन्द्र राई

देशमा गरिवी घटेको छः मन्त्री राजेन्द्र राई

‘पार्टी र देशमा ओलीबाहेक अरुको विकल्प छैन’
  • शनिवार, चैत्र २४ २०८०

  • 538
    SHARES

  • देशमा गरिवी घटेको छः मन्त्री राजेन्द्र राई

    काठमाडौं । नेकपा एमालेका नेता राजेन्द्र राईले देशमा गरिवी घटेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै खानेपानी मन्त्रीसमेत रहनुभएका राइले हिजोको तुलनामा आज धेरै कुरा, वर्ग, क्षेत्र र तहमा उल्लेखनीय विकास भएको दाबी गर्नुभएको छ ।

    आफूहरु यतिबेला जनताका समस्याहरु समाधान गर्न, परिणाम आउने गरि काम गर्नमा केन्द्रित रहेको मन्त्री राईको भनाइ रहेको छ । खानेपानी मन्त्रालयको जिम्मेवारीमा आफू आइसकेपछि जनतालाई सरल र सहज ढंगले कसरी स्वस्थकर खानेपानी उपलब्ध गराउन सकिन्छ भन्नेतर्फ अगाडि बढिरहेको बताउँदै उहाँले भइरहेका बेथिती र समस्यालाई पनि समाधान गर्नतर्फ निति नै बनाएर लागिपरेको स्पष्ट पार्नुभयो ।

    मेलम्ची खानेपानीमा देखिएको ठुलो समस्या समाधान गरेको बताउँदै मन्त्री राईले इमानदारितापूर्वक काम गर्ने तर मन्चन र प्रचारबाजी नगर्ने आफूहरुले सरकारमा आएदेखि राम्रा र धेरै कामहरु गरेकोसमेत दाबी गर्नुभएको छ ।

    उपत्यका बाहिर खानेपानीमा देखिएको समस्या पनि अबको एक वर्षभित्रैमा समाधान हुने र सबै जनताले सहज रुपमा खानेपानी पाउने उहाँले विश्वास दिलाउनुभयो । यसैबीच उहाँले जनताको विश्वास र मतलाई कुनै पनि हालतमा खेर जान नदिने र आफूले सम्हालेको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    यस्तै अर्को प्रसँगमा मन्त्री राईले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नरहेको बताउनुभएको छ । मुलुकलाई अगाडि बढाउने पार्टीको नेतृत्व गर्ने कुरामा ओलीबाहेक अर्को व्यक्तिबाट संभवनै नभएको समेत उहाँले दाबी गर्नुभयो । अबको केहि समयपछि ओली नै प्रधानमन्त्री हुने र देशको बागडोर सम्हाल्ने पनि मन्त्री राईले स्पष्ट पार्नुभएको छ ।


    शनिवार, चैत्र २४ २०८००७:५७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij