काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउनेगरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
कांग्रेस काठमाडौं क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्र एकता कामय राख्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी पार्टीभित्र एक भएर एक्लै बहुमत ल्याउनुपर्ने अवस्था भएको छ । त्यसैले सबै साथीहरु एकजुट भएर पार्टीलाई बहुमत ल्याउने प्रयास गर्नेमात्रै होइन, कम्मर कसेर लाग्न अनुरोध गर्छु ।’