Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एआइले नेपालीमा समाचार भन्ने समय टिभी सम्मानित

एआइले नेपालीमा समाचार भन्ने समय टिभी सम्मानित

  • बुधवार, चैत्र २८ २०८०

  • 653
    SHARES

  • एआइले नेपालीमा समाचार भन्ने समय टिभी सम्मानित

    काठमाडौं । सञ्चालनमा आएको तीन महिनामै समय टिभी सम्मानीत भएको छ ।

    आर्टिफिसियल इन्टेलिसेन्स (एआई)मार्फत नेपाली भाषामा भिडियो समाचार नियमित प्रसारण गर्ने नेपालको पहिलो अनलाइन टिभीको रुपमा समय टिभीलाई सम्मान गरिएको हो । फेसबुक मार्फत् सञ्चालन हुदै आएको यस समय टिभीले नयाँ प्रविधिको प्रयोग गरी पत्रकारितालाई नयाँ आयाम दिने अभ्यास सुरु गरेको सम्मान पत्रमा लेखिएको छ ।

    एआइबाट समाचार वाचन गराउने समय टिभीको अभ्यास आफैमा उच्च प्रविधि र अति नविन प्रयोग भएकाले राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८० अन्तर्गत डिजिटल मिडिया इन्नोभेटिभ अवार्ड समय टिभीलाई प्रदान गरिएको आयोजकहरुले जनाएका छन् ।

    आयोजक संस्था न्युज एक्सप्रेस मिडिया प्रालिका अध्यक्ष मिलनसिं परियार, प्रतिनिधि सभाकी उपसभामुख इन्दीरा राना, सांसद डा। चन्द्र भण्डारी, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी लगायतले समय टिभीका भिडियो सम्पादक दीपक श्रेष्ठलाई अवार्ड प्रदान गर्नु भएको थियो ।

    सो अवसरमा ९६ बर्षका जेष्ठ पत्रकार भैरव रिसाललाई लाईफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको थियो भने खवरहवका प्रधान सम्पादक अरुण बराललाई डिजिटल मिडिया एडिटर अवार्ड, प्राइम टाइम टिभीका अध्यक्ष तथा जनता जान्न चाहन्छन कार्यक्रमका प्रस्तोता ऋषि धमलालाई डिजिटल मिडिया पोपुलर प्रोग्राम अवार्ड, सिधा कुरा जनतासँगका प्रस्तोता विरेन्द्र जैरुलाई जनआवाज डिजिटल मिडिया अवार्ड, नागरिक दैनिकमा आर्थिक व्युरो प्रमुख दिलीप पौडेललाई शसक्त पत्रकारिता अवार्ड, उकालो अनलाइनकी दिपा दाहाललाई जोखिमपुर्ण पत्रकारिता अवार्ड, रजतपट टिभी कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीलाई बरिष्ठ रंग पत्रकारिता अवार्ड, समय टिभीलाई डिजिटल मिडिया इन्नोभेटिभ अवार्ड, चुरोकुरो अनलाइन टिभीका उमेश सुवेदीलाई डिजिटल मिडिया इथिकल अवार्ड, योहो टिभीका सन्तोष विके थापालाई डिजिटल मिडिया स्कृप्ट अवार्ड प्रदान गरिएको थियो ।

    कार्यक्रममा डिजिटल मिडियामा राम्रा काम गर्ने कुल २५ सञ्चारकर्मी र केही समाजसेवीहरुलाई पनि सम्मान गरिएको थियो ।

     

    ">

    78748f19-91a8-4ae0-a4b9-f5b865d85c57.jpg

     

    475c9830-a4ba-41f1-8564-2fecbbdf36e9.jpg


    बुधवार, चैत्र २८ २०८००८:३१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij