काठमाडौं । माओवादी केन्द्रका नेता राजन दाहालले एउटै मुद्दालाई लिएरसंसद अवरुद्ध भएकाले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय भएको बताउनुभएको छ ।
सहकारी ठगी प्रकरणको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले महिनौसम्म संसद अवरुद्ध गर्दा हिउँदे अधिवेशन सोचेजस्तो र अपेक्षि फलदायी नभएकाले तीन ओटा विद्येयक पास गरेर अधिवेशन अन्त्य गरेर फेरि बजेट अधिवेशनको तयारी गर्नुपर्ने बाध्यात्मक अवस्ताका कारण अन्त्यको लागि सफारिस गर्ने निर्णय भएको नेता दाहालले स्पष्ट पार्नुभयो ।
मन्त्रीपरिषद्को बैठकले संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता दाहालले प्रतिपक्षले दवाव र प्रश्न गर्न पाउने भए पनि एउटै विषयले यति लामो समयसम्म संसदलाई अवरुद्ध पार्नु अलोकतान्त्रिक गतिविधी रहेको टिप्पणी गर्नुभयो ।
सहकारी ठगी प्रकरणमा दोषीलाई कानुनी दायरामा ल्याउन प्रयाप्त आधार हुँदाहुँदै संसदीय छानविन समिती बनाउनुपर्छ भन्ने ठाडो उजुरीकै आधारमा कांग्रेसले राखेको माग पूरा गर्ने अवस्था अहिले सरकारको नभएको र गठबन्धनमा यो विषयमा सहमति पनि नभएको उहाँले बताउनुभयो ।
यस्तै यो प्रकरणमा निष्पक्ष छानविन हुनुपर्छ, ठगबाट पीडितलाई न्याय हुनुपर्छ भन्ने विषयमा भने सरकार प्रष्ट रहेको पनि नेता दाहालको भनाइ छ ।