काठमाडौं। नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३ मा चाइल्ड कमेडियन सुयशा खनाल एकपछी अर्को गरेर तहल्का पिट्दै गएकी छिन्।
सुरुवाती चरणबाटै फरक र मौलिक प्रस्तुतिले दर्शकहरुको मन जित्दै आएकि खनालले यसपटक टप १० बाट भोटिङ् राउण्डमै प्रवेश नगरी पर्फर्मर अफ दी राउण्ड बनेर सिधै टप ९ मा प्रवेश गरेर अर्को तहल्का पिटेकी हुन् । अन्य प्रतिष्पर्धीहरुलाई भने टप १० बाट टप ९ पुग्न भोटिङ राउण्ड आवश्यक पर्छ। प्रतिष्पर्धीहरु भोटको आधारमा मात्रै अगाडी बढ्न जान पाउँछन्।
काठमाडौंमा जारी कमेडि च्याम्पियनको तेस्रो सिजनमा सम्भवतः उमेरको हिसाबले अहिलेसम्मकै कान्छी (१२ वर्षीया) बालिका खनालले यसअघी पनि आफ्नो अनौठो र उत्कृट प्रस्तुति दिँदै निर्णायकहरुको मन जितेर इतिहासकै नयाँ तथा पहिलो रेकर्डसमेत कायम गर्दै सिधै सुपर १६ मा प्रवेश गरेकी थिइन्।
यसपटक खनालले नेताकी छोरीको भुमिकामा आफ्नो प्रस्तुती दिएकी थिइन्। उक्त प्रस्तुतीले खनाललाई सिधै पर्फर्मर अप दी राउण्ड हुदै सिधै टप ९ मा पुराएको हो। उनको प्रस्तुतीले सुरुवातबाटै निर्णायक र दर्शकहरुको मत जित्दै आएको छ।
कमेडी च्याम्पियनको निर्णयकमा बरिष्ठ हास्य कलाकार सन्तोष पन्त, चर्चित एवं वरिष्ठ हास्य कलाकार मनोज गजुरेल, सफल युवा निर्देशक प्रदिप भट्टराई, चर्चित अभिनेत्री ऋचा शर्मा रहेका छन्। शो हरेक बिहीवार र शुक्रबार कान्तिपुर टेलिभिजनमा तथा ओएसआर रियालिटीमा प्रसाराण हुदै आएको छ।