Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दीर्घ सोडारी मुख्यमन्त्रीका उपयुक्त व्यक्ति होइनन्, समर्थन गर्न सकिँदैन: कर्ण थापा

दीर्घ सोडारी मुख्यमन्त्रीका उपयुक्त व्यक्ति होइनन्, समर्थन गर्न सकिँदैन: कर्ण थापा

  • बिहिवार, बैशाख ६ २०८१

  • 934
    SHARES

  • दीर्घ सोडारी मुख्यमन्त्रीका उपयुक्त व्यक्ति होइनन्, समर्थन गर्न सकिँदैन: कर्ण थापा

    काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले सुदुरपश्चिम प्रदेशमा कुन पार्टीको सरकार बन्ने भन्नेबारेमा अहिलेसम्म पनि अन्तिम निश्कर्ष भइनसकेको बताउनुभएको छ ।

    पूर्वसहमति अनुसार सत्ताघटक दल नेकपा एसलाई मुख्यमन्त्री दिने भए पनि अहिलेसम्म यो विषयमा अन्तिम निर्णय भने भइनसकेको नेता थापाको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले उपयुक्त पात्र उपयुक्त व्यक्ति भए सोहि तरिकारले अगाडि बढ्ने कुरा भइरहेको बताउँदै आचरण, विगत र वर्तमान सबैलाई स्विकार्य हुने व्यक्तिलाई नै मुख्यमन्त्री बनाउने स्पष्ट पार्नुभयो ।

    प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका नेता दीर्घ सोडारीले दाबी पेश गर्ने हुनुभएको छ । तर एमालेले मुख्यमन्त्रीमा सोडारी उपयुक्त व्यक्ति नभएको भन्दै समर्थन गर्न नसकिने जनाएको छ । सुदूरपश्चिममा एमालेका १० सांसद छन् ।

    यहि विषयलाई लिएर सत्ता गठबन्धनमा खटपटसमेत देखिएको छ । एमालेले नेकपा एसलाई नै दिने भए पनि व्यक्ति भने अर्को हुनुपर्ने नेता थापाको भनाइ रहेको छ । उहाँका अनुसार आफूहरु मात्रै नभएर नकपा एसकै नेताहरु पनि सोडारीलाई मुख्यमन्त्री बनाउने सहमतिमा देखिएका छैनन् ।

    गत मंगलबार मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिनुभएको छ । अन्तिम समयमा आइसक्दा पनि अहिलेसम्म दलहरुबीच सहमति भइसकेको छैन ।

    यसअघि सोमबार नागरिक उन्मुक्ति पार्टी नाउपाका सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर, दुवैको दाबी खारेज गर्दै प्रमुख मियाँले संविधानको धारा १६८ को (२) अनुसार अर्को दाबी पेस गर्न आज साँझ ५ बजेसम्म समय दिनुभएको हो ।


    बिहिवार, बैशाख ६ २०८१०८:४४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij