Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतको लोकसभा निर्वाचनः आज पहिलो चरणको मतदान हुँदै

भारतको लोकसभा निर्वाचनः आज पहिलो चरणको मतदान हुँदै

  • शुक्रवार, बैशाख ७ २०८१

  • 678
    SHARES

  • भारतको लोकसभा निर्वाचनः आज पहिलो चरणको मतदान हुँदै

    एजेन्सी । भारतमा संघीय संसद्‌को तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज पहिलो चरणको मतदान हुँदैछ। सातचरणमा हुने मतदानको अन्तिम परिणाम भने आगामी जुन ४ मा आउनेछ।

    पहिलो चरणअन्तर्गत २१ राज्य र केन्द्र शासित प्रदेशका १ सय २ स्थानका लागि मतदान हुनेछ। पहिलो चरणअन्तर्गत मतदान हुने २१ राज्य र केन्द्र शासित प्रदेशमध्ये १० वटा राज्य र केन्द्र शासित प्रदेशका सम्पूर्ण निर्वाचन क्षेत्रमा र बाँकी ११ वटाका केही मात्र निर्वाचन क्षेत्रमा मतदान गरिनेछ।

    मतदान बिहान ७ बजेदेखि सुरु भएर साँझ ६ बजे सकिने भारतको निर्वाचन आयोगले जनाएको छ। पहिलो चरण अन्तरगत अन्डमान निकोबार टापु, अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, जम्मुकश्मिर, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नगाल्याण्ड, पुडुचेरी, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान हुनेछ।

    पहिलो चरणमा १६।६३ करोड मतदाताले मतदानमा भाग लिने भारतको निर्वाचन आयोगले जनाएको छ। १०२ सिटका लागि १६२५ उम्मेदवार चुनावी मैदानमा छन्।

     


    शुक्रवार, बैशाख ७ २०८१०७:१०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij