Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

‘तेस्रो ग्रामीण चलचित्र महोत्सवमा ‘रित्तो गाउँ’ बन्यो उत्कृट

‘तेस्रो ग्रामीण चलचित्र महोत्सवमा ‘रित्तो गाउँ’ बन्यो उत्कृट

  • आइतवार, बैशाख ९ २०८१

  • 706
    SHARES

  • ‘तेस्रो ग्रामीण चलचित्र महोत्सवमा ‘रित्तो गाउँ’ बन्यो उत्कृट

    काठमाडौं। अनुसन्धानमा आधारित डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ले उत्कृष्ट सर्ट फिल्म जुरी मेन्सन अवार्ड जितेको छ। त्रिभुवन विश्वविद्यालय र आनन्दराज प्रोडक्सनले संयुक्त रुपमा गरेको अनुसन्धानका आधारमा सर्ट फिल्म निर्माण भएको लेखक तथा निर्देशक रामजी ज्ञवालीले जानकारी दिए ।

    रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा कलरिस्ट राजेन्द्र मोक्तानले रित्तो गाउँको प्रतिनिधीत्व गरेर अवार्ड उचाले। अवार्ड कार्यक्रममा जुरी प्रमुख दयाराम दाहालले यस फिल्म र निर्देशक रामजी ज्ञवालीको खुलेरै प्रशंसा गरे । समसामयिक देशको परिस्थितीमा निर्माण भएको यस फिल्मले जुरीहरुको मात्रै होइन, उपस्थित २ हजार दर्शकको समेत मन जित्यो ।

    महोत्सवका क्रममा रित्तो गाउँको दोस्रो भाग मात्रै देखाइएको थियो । पुर्ण फिल्म भने काठमाडौंमा आगामी बैशाख–१४ गते हुने विशेष शो मार्फत देखाउने निर्माण टिमको तयारी छ ।महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ सर्वोत्कृष्ट चलचित्र घोषित भयो ।

    निर्देशनमा भने ‘दिमाग खराब’बाट निश्चल बस्नेत सर्वोत्कृष्ट घोषित भए । अभिनेत्रीतर्फ ‘दिमाग खराब’बाट स्वस्तिमा खड्का सर्वोत्कृष्ट हुँदा ‘नाङ्गो गाउँ’बाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता भए । यस्तै ‘सतीदेवी’ पटकथामा पनि अवार्ड जित्यो । अभिनेत्री मलिका महतले यही चलचित्रबाट बेस्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड जितिन् । सत्यराज चौलागाईं निर्देशित तथा मुकुन भुषाल अभिनित ‘विच्छेद’ले जुरी मेन्सन अवार्ड जित्यो ।

    यस्तै रंग संयोजनमा ‘दिमाग खराब’ बाट राजेन्द्र मोक्तान सर्वोत्कृष्ट भए । उनी ‘रित्तो गाउँ’ का पनि कलर संयोजक हुन्। यसैगरी सर्ट फिल्म तर्फ परिच्छेद सेनको ‘मदर’ उत्कृष्ट हुँदा बेस्ट कल्चरल फिल्ममा बुद्दिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’ले बाजी म¥यो । सिनेमा आर्टस् उत्कृष्ट सिनेमा निर्माण कम्पनी घोषित भयो ।

    सेलिब्रेटी नेपालको आयोजनामा चलचित्र विकास बोर्ड र रामेछाप नगरपालिकाको सहकार्यमा भव्य रुपमा सम्पन्न एक औपचारिक कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं निर्देशक दयाराम दाहालले काठमाण्डौँबाट नजिकै रहेको रामेछाप जिल्लामा फिल्मको छायांकन गर्न मिल्ने एक से एक लोकेशनहरु देखेको भन्दै यस तर्फ ध्यान दिन चलचित्रकर्मीहरुलाई आग्रह गरे ।

    कार्यक्रममा अभिनेता मुकुल भूषाल, महोत्सवका कार्यक्रम संयोजक एवं फिल्म निर्देशक कमल एक्चै मगर, रामेछाप नगरपालिका ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ, रामेछाप नगरपालिकाका नगर प्रमुख लव श्री न्यौपाने लगायतले मन्तव्य राखेका थिए । सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न चलचित्रका निर्देशक, निर्माता तथा कलाकारहरुको उपस्तिथी थियो ।

    महोत्सवमा प्रतिक्षित डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’, चर्चित चलचित्र दिमाग खराब, नाङ्गो गाउँ, बिच्छेद, सतीदेवी, डेसान लगायत चलचित्रहरु निःशुल्क प्रदर्शन भएका थिए ।महोत्सवमा सिनेमा प्रदर्शनका अलावा बिभिन्न विषय सिनेमा संवाद कार्यक्रम पनि भएको थियो । महोत्सवको पहिलो संस्करण गोरखाको लाप्राकमा र दोस्रो संस्करण काभ्रेको भकुन्डेबेसीमा सम्पन्न भएको थियो ।


    आइतवार, बैशाख ९ २०८१०७:५९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij