Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कैलालीमा ओली र प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप

कैलालीमा ओली र प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप

  • सोमवार, आषाढ २२ २०७७

  • 1.1K
    SHARES

  • कैलालीमा ओली र प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप

    धनगढी । सत्तारुढ नेकपाको नेतृत्व तहको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला कैलालीको लम्कीमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड पक्षधरबीच झडप भएको छ ।

    ओली पक्षधरले सोमबार (आज) दिउँसो लम्की चुहा नगरपालिकाको लम्की चोकमा प्रधानमन्त्रीको पक्षमा र्‍यालीसहित कोणसभा गरेको थियो । त्यही बेला प्रचण्ड पक्षधरहरु एकाएक आएर आक्रमण गरेपछि स्थिति तनावग्रस्त भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    सचेत नागरीक समाज लम्की, कैलाली नामक संस्थाको व्यानरमा ओलीको फोटो सहित नेपालको नयाँ नक्सा राखेर दुई दर्जन बढी युवाहरुको सहभागितामा प्रर्दशन समेत भएको थियो ।

    देशको मुहार फेर्नु छ साथी, पार्टीभन्दा राष्ट्र माथि, राष्ट्रीय स्वाभिमान कायम गर, वैदेशिक हस्तक्षेप बन्द गरलगायतका नारासमेत लेखेका प्ले कार्ड सहित ओली पक्षधर युवाहरुको सहभागिता थियो ।

    फडपका क्रममा दुबै पक्षका गरि ४–५ जना सामान्य घाइते भएका छन् । ओली पक्षधरहरुले आफूहरुमाथि प्रचण्डका पूर्वलडाकुहरुले नियोजित रुपमा आक्रमण गरेको आरोप लगाएका छन् ।

    नेकपाको कार्यकर्ता बीचको सामाजिक सञ्जालमा भइरहेको एकअर्का विरुद्ध प्रचारबाजी अब झडपमा परिणत हुन थालेको छ ।


    सोमवार, आषाढ २२ २०७७०७:५४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij