Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सहकारी ठगी प्रकरणमा हिनामिना र ठगी गरेकै व्यक्तिले पैसा तिर्नुपर्छ: डा.प्रकाशचन्द्र लोहनी

सहकारी ठगी प्रकरणमा हिनामिना र ठगी गरेकै व्यक्तिले पैसा तिर्नुपर्छ: डा.प्रकाशचन्द्र लोहनी

  • बुधवार, बैशाख १२ २०८१

  • 503
    SHARES

  • सहकारी ठगी प्रकरणमा हिनामिना र ठगी गरेकै व्यक्तिले पैसा तिर्नुपर्छ: डा.प्रकाशचन्द्र लोहनी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सहकारी ठगी प्रकरणमा हिनामिना गरेकै र ठगी गरेकै व्यक्तिले पैसा तिर्नुपर्ने बताउनुभएको छ ।

    देशको ढुकुटीबाट सहकारी पीडितलाई क्षतीपुर्ती दिन सक्ने अवस्था नरहेकाले दोषीले नै हिनामिना गरिएको रकम फिर्ता गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हिजो एक कार्यक्रममा कानुन संशोधन गरेर सहकारी पीडितलाई न्याय दिने पहल सुरु गरिसकेको दाबी गर्नुभएको थियो ।

    लामिछानले सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्ने बताएको भोलिपल्ट नेता लोहनीले यस्तो बताउनुभएको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका लोहनीले सहकारी पीडितहरुको अधिकार र न्यायका लागि आफूहरुले पनि आवाज उठाइरहेको बताउँदै जसरी जुनसुकै अवस्थामा पनि यो प्रकरणका दोषीलाई कारवाही र पीडितलाई क्षतीपुर्तीसहित न्याय सरकारले दिनैपर्ने स्पष्ट पार्नुभयो ।

    यस्तै अर्को प्रसंगमा नेता लोहनीले देशमा लगानीको वातावरण बन्नको लागि सबैभन्दा महत्वपूर्ण कुरा राजनीतिक स्थिरता रहेको बताउनुभएको छ ।
    यहि वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना हुँदै छ ।

    यहि प्रसंगमा नेता लोहनीले सम्मेलन गरेर मात्रै केहि नहुने भएकाले देशको राजनीतिक स्थिरताको वातावरण खडा गर्न अहिलेको सत्ताले नसकेको आरोप लगाउनुभयो ।

    लगानी सम्मेलनमा पहिला पनि लगानीकर्ताले भनेको जसरी लगानी नगरेको अवस्था यथावथ भएकाले अब पनि आस गर्न सक्ने अवस्था नरहेको नेता लोहनीको दाबी रहेको छ ।


    बुधवार, बैशाख १२ २०८१०८:३४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij