Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘अब उपेन्द्र यादवको प्राइभेट  लिमिटेड कम्पनीको पसल बन्द हुन्छ’

‘अब उपेन्द्र यादवको प्राइभेट  लिमिटेड कम्पनीको पसल बन्द हुन्छ’

  • सोमवार, बैशाख २४ २०८१

  • 2.3K
    SHARES

  • ‘अब उपेन्द्र यादवको प्राइभेट  लिमिटेड कम्पनीको पसल बन्द हुन्छ’
    काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको ‘जसपा’ (प्रस्तावित) का उपमहासचिव प्रदीप यादवले उपेन्द्र यादवका कारण आफूहरूले नयाँ दल दर्ता गरेको बताउनुभएको छ । पार्टीमा एकलौटी रुपमा निर्णय गर्ने गरेको आरोप लगाउँदै उहाँले जसपा नेपाल उपेन्द्र यादवको प्राइभेट  लिमिटेड कम्पनी भएको टिप्पणी गर्नुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले उपेन्द्र यादवका कारण सिंगो पार्टी पंक्ति पीडित रहेको बताउनुभयो । लोकतान्त्रिक विधि विधान  अनुसार पार्टी चल्नुपर्नेमा उपेन्द्र यादले आफ्नो छुट्टै कानुन बनाउने गरेको आरोप लगाउनुभयो । आफूहरू बस्न सक्ने स्थिति नभएर विभाजित भएको बताउनुभयो । साथै उहाँले अब उपेन्द्र यादवको प्राइभेट पसल अब बन्द हुने जिकिर गर्नुभयो ।
     
    यस्तै उहाँले अहिलेको सत्ता गठबन्धन र सरकारलाई आफूहरूको समर्थन रहने बताउनुभयो ।
     


    सोमवार, बैशाख २४ २०८१०९:२४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij