Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बन्नुपर्ने अडान कायमै रहन्छ: डा. प्रकाशशरण महत

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बन्नुपर्ने अडान कायमै रहन्छ: डा. प्रकाशशरण महत

‘गठबन्धनप्रति जनताको विश्वास खस्किँदै छ’
  • बिहिवार, बैशाख २७ २०८१

  • 446
    SHARES

  • सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बन्नुपर्ने अडान कायमै रहन्छ: डा. प्रकाशशरण महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बन्नैपर्ने बताउनुभएको छ ।

    गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको नाम मुछिएको सहकारी प्रकरणमा छानबिन समिति बनाउने आफूहरुको अडान यथावत नै रहेको पूर्वअर्थमन्त्री समेत रहनुभएका महतले स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतले आफ्नो संलग्नता नरहेको दाबी गर्दै आइरहनुभएका गृहमन्त्री लामिछानेको सो प्रकरणमा संलग्नता छ या छैन भन्ने कुरा छानबिन समिति पछि मात्रै प्रस्ट हुने बताउनुभयो ।

    सबै दलको प्रतिनिधित्व रहने भएकाले छानबिन समितिले गरेको निर्णय नै अन्तिम हुने नेता महतको भनाइ छ । कांग्रसले लगातार सहकारी प्रकरणमा नाम मुछिएका गृहमन्त्री लामिछानेको राजीनामा लगायतका माग राख्दै संसदमा अवरोध गरिरहेको छ भने भोलि बस्ने संसद बैठकमा पनि सोहि अडान कायम राख्ने बताएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाले भने यस विषयमा छानविन समिति बनाउनुपर्ने आवश्यक नै नरहेकाले कांग्रेसको मागलाई स्विकार्न नसकिने बताउँदै आइरहेका छन् । यस्तै, छानबिन समिति नबनाउने अडानले गठबन्धनको विश्वास खस्किदै गइरहेको बताउँदै उहाँले यसबाटै संलग्नता रहेको, कमजोरी र त्रुटी भएको प्रस्टै देखिने दाबी गर्नुभयो ।

    नेता महतले वर्तमान सत्ता गठबन्धन कमजोर भइरहेको पनि बताउनुभएको छ । गठबन्धन दलभित्रैको कारण कमजोर बनिरहेको दाबी गर्दै उहाँले जनताको विश्वासबाट दिनदिनै खस्किरहेको आरोप लगाउनुभयो ।


    बिहिवार, बैशाख २७ २०८१०८:३५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij