Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पोखराका बस व्यवसायीले बैंकलाई बुझाए ९० वटा साँचो

पोखराका बस व्यवसायीले बैंकलाई बुझाए ९० वटा साँचो

  • मंगलवार, आषाढ २३ २०७७

  • 664
    SHARES

  • पोखराका बस व्यवसायीले बैंकलाई बुझाए ९० वटा साँचो

    पोखरा । किस्ता बुझाउने समय ६ महिना थप गर्नुपर्ने माग पुरा नभएपछि पोखराका यातायात व्यवसायीले बसको साँचो बैंकलाई बुझाएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा आबद्ध व्यवसायीले ९० वटा बसको साँचो विभिन्न बैंकलाई बुझाएका हुन् ।

    उनीहरुले एनएमबी बैंकमा ३०, गरिमा विकास बैंकमा १७, प्राइम बैंकमा १८ र मुक्तिनाथ विकास बैंकमा २५ वटा बसको साँचो बुझाए । कम्तिमा ६ महिना कर्जा सार्न गरेको आग्रह बैंकले नसुनेको कम्पनीले जनाएको छ ।

    कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बैंकका प्रदेश कार्यालयमा साँचो बुझाएको बतादै बैंक तथा वित्तीय संस्थाले कर्जा तिर्न बाध्य बनाउने खालका मानसिक तनाव दिएकाले अब धितो फिर्ता गर्नुको विकल्प नभएको बताउनुभयो ।

    पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तर्गतका १४ सय सवारी साधन चल्न पाएका छैनन् । कम्पनीका अध्यक्ष केसीका अनुसार १४ सयमध्ये ६० प्रतिशत सवारी साधन स्वरोजगार व्यवसायीबाट सञ्चालित छन् । यातायात व्यवसायमा ७० प्रतिशत वित्तीय संस्थाको लगानी छ । ३० प्रतिशत यातायात व्यवसायीले लगानी गरेका छन् ।

    कम्पनीको मात्रै सवारी साधनमा ५ अर्ब ६० करोड रुपैयाँ लगानी रहेकोले लगानी फिर्ता गर्दा बैंक पनि डुब्ने खतरा रहेको उनिहरुले बताएका छन् । एक दिन साँचो संकलन गर्ने र अर्को दिन बुझाउने कम्पनीले जनाएको छ । बुधबारसम्म २ सय बसको साँचो बैंकलाई बुझाउने तयारी ।

     


    मंगलवार, आषाढ २३ २०७७०५:४५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij