Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रविबारे कांग्रेस आक्रामक, गगन थापा भन्छन्– संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न दिँदैनौँ

रविबारे कांग्रेस आक्रामक, गगन थापा भन्छन्– संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न दिँदैनौँ

  • शुक्रवार, बैशाख २८ २०८१

  • 993
    SHARES

  • रविबारे कांग्रेस आक्रामक, गगन थापा भन्छन्– संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न दिँदैनौँ
    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय छानबिन समिति नबनेसम्म संसद्‌को काम कारबाही अगाडि बढ्न नदिने बताउनुभएको छ ।
     
    प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका महामन्त्री थापालाई भनाइ राख्न समय दिनुभयो।
     
    थापाले संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनै पनि कारबाही अगाडि बढाउने कुरामा कांग्रेसको साथ नरहने स्पष्ट पार्नुभयो । ‘सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनका कुनै पनि काम कारबाहीमा कांग्रेसको साथ रहँदैन। यसको जिम्मेवार कांग्रेस होइन, सत्तापक्ष हो,’ उहाँले भन्नुभयो । संसद्‌ भित्र प्रमुख प्रतिपक्षी दलले गम्भीरतापूर्वक विषय उठाइसकेपछि सुनुवाइ हुनुपर्ने उहाँको भनाइ थियो। 
     
     
    सांसद थापाले भनाइ राखेपछि सभामुखले बैठक सञ्चालन गर्दै राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न पत्र पढेर सुनाउने क्रममा नेपाली कांग्रेसका सांसदहरू ‘रोष्ट्रम’ घेराउ गर्न पुगेका थिए। त्यसपछि सभामुख घिमिरेले आजको बैठक १५ मिनेटका लागि स्थगन गरेको घोषणा गर्नुभयो ।


    शुक्रवार, बैशाख २८ २०८१०२:१७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij