Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सहकारी प्रकणमा गृहमन्त्री आरोपित मात्रै नभइ दोषी नै हुन्: राजन केसी

सहकारी प्रकणमा गृहमन्त्री आरोपित मात्रै नभइ दोषी नै हुन्: राजन केसी

  • शनिवार, बैशाख २९ २०८१

  • 547
    SHARES

  • सहकारी प्रकणमा गृहमन्त्री आरोपित मात्रै नभइ दोषी नै हुन्: राजन केसी

    काठमाडौं । नेपाली कांग्रेसका नेता राजन केसीले सहकारी प्रकणमा गृहमन्त्री रवि लामिछाने आरोपित मात्रै नभएर दोषी नै भएको बताउनुभएको छ । रास्वपाका सभापतिसमेत रहनुभएका लामिछाने प्रमाण र तथ्यहरुसहित दोषी भएकाले अब उम्किन नपाउने स्पष्ट पार्नुभयो ।

    यस्तै नेता केसीले यति धेरै ठोसहितका प्रमाणहरु सार्वजनिक हुँदा, अभियोग पत्र दर्ता सम्म हुँदासम्म पनि सरकारले चुप लाग्नु गैरजिम्मेवार भएको पनि बताउनुभएको छ ।

    गृहजस्तो पदका व्यक्ति नै ठगी प्रकरणमा मुछिदा सत्य, तथ्य बुझ्नका लागि संसदीय छानबिन समिति गठनको माग गर्दा नमान्नु र दोषी देखिएका व्यक्तिलाई बचाउँन खोज्नु सरकारले जनताप्रति गैरजिम्मेवार देखाएको उहाँको आरोप रहेको छ । हिजोको संसद बैठकमा पनि नेपाली कांग्रेसले अवरोध गरेपछि गृहमन्त्री बोल्न पाउनुभएन र बैठक नै आगामी जेठ १ गतेसम्मलाई स्थगित भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले समिति गठन नहुँदासम्म संसद चल्न नदिने आफूहरुको अडान कायमै रहने स्पष्ट पार्नुभएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितले छानबिन समिति बनाउन नमान्नु नै दोषी ठहरिएका व्यक्तिकै संलग्नता रहेको प्रष्ट हुने पनि नेता केसीको दाबी रहेको छ । आफूलाई जोगाउन गृहमन्त्रीले हरप्रयास गरिरहेकोसमेत नेता केसीको आरोप रहेको छ ।

    यता गृहमन्त्री लामिछानेले भने आफूले निवेदन हालेर सहकारीबाट ऋण लिएको भन्ने आरोप पुष्टि गर्न कांग्रेस महामन्त्री गगन थापालाई चुनौती दिनुभएको छ ।

    संसदमा एकपटक पनि आफूलाई बोल्न नदिएको भन्दै असन्तुष्टि जनाउँदै गृहमन्त्रीले निवेदन हालेर ऋण मागेको प्रमाण देखाए आफूले राजनीति छोडिदिने र त्यो प्रमाण दिन नसके थापाले राजनीति छाड्नुपर्ने चुनौती दिनुभएको छ ।


    शनिवार, बैशाख २९ २०८१०८:४०:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij