Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एक व्यक्ति तोकेर संसदीय समिति बनाएर सहकारीको समस्या समाधान हुँदैन: केशव बडाल

एक व्यक्ति तोकेर संसदीय समिति बनाएर सहकारीको समस्या समाधान हुँदैन: केशव बडाल

  • मंगलवार, जेठ १ २०८१

  • 615
    SHARES

  • एक व्यक्ति तोकेर संसदीय समिति बनाएर सहकारीको समस्या समाधान हुँदैन: केशव बडाल

    काठमाडौं । नेकपा एमाले नेता केशव बडालले एक मात्रै व्यक्ति तोकेर संसदीय छानबिन समिति बनाएर सहकारीमा देखिएको समस्याको समाधान नहुने बताउनुभएको छ ।

    जुनसुकै व्यक्ति पनि पर्न सक्नेगरि समग्रमा उच्चस्तरिय समिति बनाएर छानिबन गर्नुपर्नेमा भने नेता बडालको जोड रहेको छ । एक व्यक्तिमा मात्रै अडिएर समितिको माग गर्नु त्यो व्यक्तिमाथि झोक फेर्नु देखिएको समेत नेता बडालको भनाइ रहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले देशभरकीका सहकारीमा समस्या र ठगी भएकाले कुनै एकमात्रै व्यक्ति तोकेर भन्दा पनि उच्चस्तरिय समित बनाएर छानबिन गरेमात्रै यसको समाधान हुने गर्नुभयो ।

    सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको प्रत्यक्ष संलग्नता रहेको भन्दै कांग्रेसले समिति गठनको माग गरिरहेको छ भने सरकारले गृहमन्त्रीको संलग्नता नरहेकाले समिति गठनको आवश्यक नै नभएको भन्दै पन्छिरहेको छ । सत्तापक्ष र प्रतिपक्षको टकरावका कारण संसद लगातार अवरुद्ध भइरहेको छ ।

    सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । तर आजको संसद बैठक पनि कांग्रेसले अवरोध गर्नेमा आशंका देखिएको छ ।

    यस्तै एमाले नेता बडालले सहकारीको रकम ठगीमा मुछिएका व्यक्ति जो सुकै भए पनि सरकारले छानबिनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने र पीडितको रकम दोषीको निजि सम्पत्तिबाट फिर्ता गर्नुपर्नेमा जोड दिनुभयो ।


    मंगलवार, जेठ १ २०८१०९:५९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij