काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको अन्तिम मिति कायमै राखेर अन्य तल्ला तहको अधिवेशन तालिका परिमार्जन गरेको छ ।
असार १४ गतेको पदाधिकारी बैठकले तयार गरेको संशोधित कार्यतालिकालाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । पार्टीको आन्तरिक संरचनाहरुको समायोजन साउन १० भित्र सक्ने निर्णय गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काले केही दिनअघि केन्द्रीय कार्यसमितिमा बैठकमा कार्यतालिका संसोधनको खाका पेश गर्नुभएको थियो ।
प्रस्तावमध्ये पार्टीको आन्तरिक संरचान समायोजन गर्ने मितिबाहेक सबै यथावत राखेर सोमबारको बैठकले निर्णय गरेको हो । केन्द्रीय अधिवेशन पूर्वनिर्धारित मिति फागुन ७, देखि १० गतेसम्म हुनेछ । कात्तिक १६ गते देखि तल्लो तहको अधिवेशन सुरु गर्ने यसअघिको कार्यतालिका संशोधन गर्दै कांग्रेसले पुसमा पु¥याएको छ ।
संशोधित कार्यतालिका अनुसार पुस ८ गते, गाउँ(नगर, प्रदेशसभा पुस ११ गते, प्रतिनिधिसभा क्षेत्रका अधिवेशन पुस १३ गते गरिने छन् । त्यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन पुस १३ हुने तय गरिएको छ ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन पुस १६ र प्रदेश अधिवेशन माघ ६ गते हुने गरी परिमार्जित कार्यतालिका सार्वजनिक गरिएको छ ।