काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच पार्टी भित्रको आन्तरिक विवाद बढेपछि लामो समयदेखि भेट हुन सकिरहेको छैन । नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कोभिड–१९ संक्रमण भएपछि अध्यक्ष प्रचण्ड ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका कारण प्रधानमन्त्रीसँग भेट नभएको प्रचण्डको सचिवालयले जनाएको छ ।
जनार्दन शर्मालाई कोरोना देखा परेपछि प्रचण्डसहित सबै कन्ट्याक्ट ट्रेसिङमा रहेका कारण दुुबै अध्यक्ष बीचमा भेटघाट हुन नसकेको प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुुभयो ।
नेकपाभित्र अध्यक्षद्वय ओली र प्रचण्ड बीचमा विवादका कारण भेटघाट हुन नसकेको तर्कमा कुनै दम नरहेको प्रेस संयोजक सापकोटाले बताउनुुभयो । उहाँका अनुसार पीसीआर रिपोर्ट नेगेटिभ आउने बित्तिकै प्रचण्ड र प्रधानमन्त्री ओलीका बीचमा पुनः संवाद प्रक्रिया सुरु हुनेछ ।