Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रीता थापाको “ए आमा जाम भन्यो मलाई” गीत बजारमा, दुईदिनमै युटुब ट्रेन्डिङमा(भिडियोसहित)

रीता थापाको “ए आमा जाम भन्यो मलाई” गीत बजारमा, दुईदिनमै युटुब ट्रेन्डिङमा(भिडियोसहित)

  • शुक्रवार, जेठ ४ २०८१

  • 2.0K
    SHARES

  • रीता थापाको “ए आमा जाम भन्यो मलाई” गीत बजारमा, दुईदिनमै युटुब ट्रेन्डिङमा(भिडियोसहित)

    काठमाडौं। गायिका रीता थापा मगरको मौलिक लोक गीत “ए आमा जाम भन्यो मलाई” सार्वजनिक भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्षसमेत रहेकी गायिका थापाको गाउँघरमा बोलिने मौलिक र ठेट भाषालाई टपक्कै टिपेर गितमार्फत बजारमा ल्याएकि हुन्।

    आजभन्दा झण्डै दुई दशक पहिला मादल र तालीको साहारामा दर्जनौं कार्यक्रममा प्रस्तुत गर्दै आएको उक्त गीतलाई केही केही परिमार्जनसहित बजारमा ल्याएको दुई दिनमै युटुबको ट्रेन्डिङमासमेत पर्न सफल भएको छ ।

    गीतमा गाउँले युवति लाहुरेको माया जालमा फसेको कथालाई उठान गरिएको छ। गीतमा थापाको आवाज, एकनारायण भण्डारीको शब्द, स्यम्ब थापाको संगित रहेको छ भने म्युजिक भिडियोमा चर्चित गायक तथा मोडल प्रकाश सुपुत र सनिषा भट्टराईको मुख्य भुमिका रहेको छ।

    गितमा मौसम हिमालीको निर्देशन,बुद्व थापाको छाँयाङकन र मनोज कार्किको सम्पादनमा रहेको गित भने रिता थापा मगर अफसियल युटुब च्यानलबाट सार्बजानीक गरिएको छ।

    पुरा गीत हेर्न र सुन्न यहाँ क्लिक गर्नुहोस्ः


    शुक्रवार, जेठ ४ २०८१०३:१५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij