Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्डले लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट

प्रचण्डले लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट

  • आइतवार, जेठ ६ २०८१

  • 2.1K
    SHARES

  • प्रचण्डले लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभा बैठकमा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
     
    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार(आज) रिट दायर गर्नुभएको हो। सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिनको लागि प्रचण्डले संसद् सचिवालयलाई पत्राचार गर्नुभएको थियो ।
     
    जसपा विवादको टुंगो लागि नसकेको अवस्थामा प्रचण्डले संसद्‌मा लिने विश्वासको मतले वैद्यता नपाउने भएकाले रोक्न रिटमा माग गरिएको छ । अधिवक्ता अजयशंकर झाका अनुसार सर्वोच्चले आइतबार रिट दर्ता गरिसकेको छ ।
     
    यसअघि पार्टी विभाजनविरुद्ध परेको रिटमा सर्वोच्चले जसपा विभाजन भएर बनेको पार्टीको दर्ता प्रक्रिया यथास्थितिमा राख्न सर्वोच्चले आदेश दिएको थियो ।


    आइतवार, जेठ ६ २०८१०३:४३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij