Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

छानबिन समिति बनाउने कुरामा सहमति भइसक्दा पनि अवरोध जारी राख्ने कांग्रेसको निर्णय उस्कै लागि राम्रो हुन्न: महेश बर्तौला

छानबिन समिति बनाउने कुरामा सहमति भइसक्दा पनि अवरोध जारी राख्ने कांग्रेसको निर्णय उस्कै लागि राम्रो हुन्न: महेश बर्तौला

  • सोमवार, जेठ ७ २०८१

  • 521
    SHARES

  • छानबिन समिति बनाउने कुरामा सहमति भइसक्दा पनि अवरोध जारी राख्ने कांग्रेसको निर्णय उस्कै लागि राम्रो हुन्न: महेश बर्तौला

    काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले नेपाली कांग्रेसले अझैं पनि संसदमा अवरोध गर्नु उस्कै लागि राम्रो नहुने बताउनुभएको छ ।

    प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै लगातार संसद अवरोध गरिरहेको छ । तर अस्ति बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षबीच समिति बनाउने सहमति भएको छ । हिजोको बैठकमा गृहमन्त्री लामिछाने बोल्नुभएको छ ।

    हिजोको संसद बैठक बसे पछि कांग्रेसले संसदको अवरोध कायमै राख्ने जनाइरहेको छ । लगभग समिति बन्ने सहमति भइसकेपछि पनि कांग्रेसले संसद अवरोध गर्छु भनेर भन्नु स्वय् उसको लागि राम्रो नभएको नेता बर्तौलाको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बर्तौलाले समिति गठनका लागि कार्यदल बनेर सहकारी पीडितको न्यायका लागि र ठगीलाई कारबाहीको दायरामा ल्याउने लगायतका कुरामा सहमति भइसकेपछि पनि संसद अवरोध गर्न के का लागि खोजिदैँ छ र किन कांग्रेस संसदलाई अगाडि बढाउन चाहदैँन भन्ने गम्भिर प्रश्नको बीचमा यतिबेला रहेको स्पष्ट पार्नुभयो ।

    यस्तै उहाँले प्रायोजित, सुनियोजित षडयन्त्रका साथ संसदलाई लामो समय गतिरोध कायम राखिरहन भइरहेको प्रयत्न देश र जनताका लागि निकै दुखदायी रहेकाले यस्तो गर्न कांग्रेसलाई छुट नभएको तर्क गर्नुभयो ।

    संसद बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठक पनि कांग्रेसले अवरोध गर्नेमा आशंका कायमै रहेको छ ।


    सोमवार, जेठ ७ २०८१०८:३६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij