Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सहकारी प्रकरणमा छानबिन समिति नबनेसम्म संसदको विरोध कायम रहन्छ: धवलशमशेर जबरा

सहकारी प्रकरणमा छानबिन समिति नबनेसम्म संसदको विरोध कायम रहन्छ: धवलशमशेर जबरा

  • शुक्रवार, जेठ ११ २०८१

  • 487
    SHARES

  • सहकारी प्रकरणमा छानबिन समिति नबनेसम्म संसदको विरोध कायम रहन्छ: धवलशमशेर जबरा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवलशमशेर जबराले सहकारीको रकम मिनामिना प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा विरोध गरिरहने बताउनुभएको छ ।

    संसदीय समिति बनाएर छानबिन नभएसम्म भ्रष्टाचारीहरुलाई सरकार चलाउन नदिने स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता जबराले लाखौ जनताले मेहनत र पसिनाले कमाएको रकम ठगहरुले लुटेर खाइरहेको बेलामा पीडितको पक्षमा बोल्नु र न्याय दिनुको सट्टा सरकारले उल्टै ठगी र भ्रष्टाचारीलाई जोगाइरहेको आरोप लगाउनुभयो तर आफूहरुले भने यसो हुन नदिने उहाँको भनाइ रहेको छ ।

    सार्वजनिक रुपमै प्रमाणसहित गृहमन्त्रीविरुद्ध प्रमाणहरु आइरहँदा पनि सरकारले नजरअन्दाज गर्न मिल्छ भन्दै प्रश्न समेत गर्नुभएको छ । जबसम्म पीडितहरुले न्याय र उचित क्षतीपुर्ती पाउँदैनन् तबसम्म आफूहरुको विरोध कायमै रहने पनि उहाँको तर्क छ ।

    सहकारीको रकम अपचलन गरेको आरोपमा गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेमाथि छानबिनको माग गर्दै प्रतिपक्षले विरोध गरिरहेको छ भने सत्तापक्षले समिति गठन गर्ने कुरामा अस्विकार गरिरहेको छ ।

    सत्ता र प्रतिपक्षको टकरावका कारण संसद लगातार अवरुद्ध भइरहेको छ । यस्तै नेता जबराले तत्काल सरकारले अब समितिमार्फत छानबिन गरेर दोषी ठहरिएका व्यक्ति चाहे प्रधानमन्त्री, गृहमन्त्री, मन्त्री या सांसद जो सुकै हुन् तीनीहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै नाम मुछिएका सबैमाथि छानबिन हुनपर्ने माग गर्नुभयो ।

    अन्यथा आफूहरुले संसदको अवरोध जारी नै राख्ने चेतावनीसमेत दिनुभयो ।


    शुक्रवार, जेठ ११ २०८१०८:४५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij