Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेलाई अमेरिका पठाउन परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

सन्दीप लामिछानेलाई अमेरिका पठाउन परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

  • शुक्रवार, जेठ ११ २०८१

  • 1.1K
    SHARES

  • सन्दीप लामिछानेलाई अमेरिका पठाउन परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ ।

    परराष्ट्रको अमेरिका हेर्ने डिभिजनमार्फत अमेरिकी दूतावासमा पहल सुरु भएको स्रोतले बतायो ।

    टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।

    विश्वकपको आयोजक राष्ट्रले विश्वकप खेल्न जाने खेलाडीलाई रोक्न खोजेको भनेर नेपालमा तीव्र आलोचना भइरहेको छ । अमेरिकाले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

    नेपाल क्रिकेट संघले आवश्यक कागजातहरूसहित राष्ट्रिय खेलकुद परिषदमा पठाएको थियो । परिषदले त्यसको अध्ययन गरेर खेलकुद मन्त्रालयमा र खेलकुद मन्त्रालयले परराष्ट्रमा पत्राचार गरेका थिए ।

    खेलकुद मन्त्रालयको पत्रका आधारमा परराष्ट्रले दूतावाससँग समन्वय गरिरहेको स्रोतले बताएको छ । आजका ठोस प्रगति हुनसक्ने दाबी पनि गरिएको छ ।

     


    शुक्रवार, जेठ ११ २०८१०१:५८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij