Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेले जमैकाबाट सीपीएल खेल्ने

सन्दीप लामिछानेले जमैकाबाट सीपीएल खेल्ने

  • मंगलवार, आषाढ २३ २०७७

  • 2.1K
    SHARES

  • सन्दीप लामिछानेले जमैकाबाट सीपीएल खेल्ने

    एजेन्सी। सन्दीप लामिछानेले यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी(ट्वान्टी क्रिकेट जमैका तलावाजबाट खेल्ने भएका छन् ।
    हिजो सोमबार भएको ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले अनुबन्ध गरेको हो ।

    सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् । सन्दीपले यस अघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।

    सन्दीपलाई तलावाजले ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो । यो सीपीएलमा सन्दीपको अहिलेसम्म कै सर्वाधिक महँगो मूल्य हो । सन्दीपलाई यस अघि सेन्ट किट्सले ५ हजार अमेरिकी डलर र बार्बाडोसले ७० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो ।

    नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप ड्राफ्टमा सहभागी ५ सय ३७ खेलाडी मध्ये एक्लो नेपाली हुन् ।कोरोना भाईरसको महामारीको कारण यस सिजनको सीपीएलको मिति तय भएको छैन । तर, आगामी अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा प्रतियोगिता गर्ने प्रस्ताव गरिएको छ ।

     


    मंगलवार, आषाढ २३ २०७७०६:४८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij