Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकार तानाशाही प्रवृतिमा देखियो: रामहरि खतिवडा

सरकार तानाशाही प्रवृतिमा देखियो: रामहरि खतिवडा

  • आइतवार, जेठ १३ २०८१

  • 462
    SHARES

  • सरकार तानाशाही प्रवृतिमा देखियो: रामहरि खतिवडा

    काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सरकार तानाशाही प्रवृतिमा देखिएको आरोप लगाउनुभएको छ ।

    सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै अवरोध गरिरहेको प्रतिपक्षलाई बाइपास गरेर सदन चलाउने र तानाशाही प्रवृतिमा शासन चलाउने पद्धतीको विकाश भइरहेको आरोप लगाउनुभयो ।

    गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको नाम मुछिएको सहकारी प्रकरणमा कांग्रेसले छानबिन समिति गठनको मागमा अडान कायमै राखिरहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेस नेता खतिवडाले नेपाली जनताले दुःखले कमाएको पैसा लगेर मिडिया चलाउने नाममा अर्वौ घोटाला गरेर तीनै व्यक्ति सरकारको उच्च पदमा पुगेर आफू इमानदारको प्रमाणपत्र लिने र तीनै जनतालाई दोषी देखाउने काम गरिरहेकाले यसको निष्पक्ष छानबिन गठन गर्नुपर्छ भन्ने आफूहरुको माग रहेको स्पष्ट पार्नुभयो ।

    यस्तै आफूहरुको माग र आवाजमा अडिग रहिरहेको समेत नेता खतिवडाको भनाइ छ । सहकारी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलले कम्पनीको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने लगभग सहमति गरेको छ ।

    हिजो साँझ सिंहदरबारमा बसेको कार्यदलको बैठकमा यसबारेमा सहमति जुटेको हो । तर यसबारेका आज शीर्ष नेताहरूको बैठक बस्ने र त्यसपछि मात्रै अन्तिम सहमति हुने जनाइएको छ ।

    गृहमन्त्री लामिछानेले सहकारी पीडितको बारेमा बोल्ने र न्याय दिनुपर्नेमा उल्टै संसदमा अनेकौ व्यक्तिमाथि हुँदै नभएको आरोप लगाउँदै अपरिपक्व व्यवहार देखाएकोसमेत नेता खतिवडाको तर्क रहेको छ । नेपाली कांग्रेसले आज सहकारी ठगीविरुद्ध प्रदर्शनसमेत गर्दै छ ।


    आइतवार, जेठ १३ २०८१०८:५६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij