Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

१७ वर्ष मुनिको रात्रिकालीन क्रिकेट प्रतियोगिता 'सुदूरपश्चिम सुपर लिग' जेठ १६ देखि हुने

१७ वर्ष मुनिको रात्रिकालीन क्रिकेट प्रतियोगिता 'सुदूरपश्चिम सुपर लिग' जेठ १६ देखि हुने

  • आइतवार, जेठ १३ २०८१

  • 638
    SHARES

  • १७ वर्ष मुनिको रात्रिकालीन क्रिकेट प्रतियोगिता 'सुदूरपश्चिम सुपर लिग' जेठ १६ देखि हुने
    काठमाडौं । कैलालीको धनगढीमा यही जेठ १६ गतेदेखि नेपालकै पहिलो १७ वर्ष मुनिको रात्रिकालीन क्रिकेट प्रतियोगिता सुदूरपश्चिम सुपर लिगको तेस्रो संस्करण सुरु हुने भएको छ। साहारा नेपाल युवा क्लबको आयोजनामा विगतका वर्षहरू झैँ यो वर्ष पनि प्रतियोगिता सुरु हुन लागेको हो। प्रतियोगिता टी–२० फरमेटको प्रणालीबाट खेलाइने छ।
     
    जेठ १६ देखि २५ गतेसम्म चल्ने प्रतियोगिता धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको जनता राष्ट्रिय विद्यालयको खेलमैदानमा हुन लागेको हो। प्रतियोगितामा १० वटा टिमहरूको सहभागिता रहने आयोजक टिमका संस्थापक सदस्य मनोज भट्टले बताए।
     
    प्रतियोगिताको मिति नजिकिएसँगै अहिले तीव्र गतिमा प्रतियोगिताको तयारी चलिरहेको छ। खेलमैदान सफाइ देखि पिच बनाउने काम भइरहेको प्रतियोगिता संयोजक महेन्द्र सिंह धामीले बताएका छन्।
     
    साहारा नेपालका अध्यक्ष अनन्त बोहराले समाजलाई खेलकुदको माध्यमबाट सकारात्मक बाटोमा डोर्‍याउन सकिने विश्वास रहेको र स्थानीय स्तरमा रहेका युवा खेलाडीलाई उत्पादन गर्दै उनीहरूलाई राष्ट्रिय टिममा जोड्ने अभियानमा लागिरहेको बताउँदै अध्यक्ष बोहराले निकट भविष्यमा सुदूरपश्चिम सुपर लिगलाई नेपालकै सबैभन्दा ठूलो प्रतियोगिता बनाउने उद्देश्य रहेको पनि सुनाए।
     
    प्रतियोगिताको विजेताले ५० हजार नगद र उपविजेताले ३० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।


    आइतवार, जेठ १३ २०८१०५:३५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij