Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

अजरबैजान-अर्मेनिया भिडन्त : हवाई आक्रमणमा परि ९ बालबालिकाको मृत्यु

अजरबैजान-अर्मेनिया भिडन्त : हवाई आक्रमणमा परि ९ बालबालिकाको मृत्यु

  • शनिवार, कार्तिक १५ २०७७

  • 1.5K
    SHARES

  • अजरबैजान-अर्मेनिया भिडन्त : हवाई आक्रमणमा परि ९ बालबालिकाको मृत्यु

    अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको युद्धका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ । अजरबैजानको शिक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा भएको सो युद्धमा परेर ती बालबालिकाको ज्यान गएको जनाएको हो । 

    अजरबैजान र अर्मेनियाबीच पछिल्ला केही हप्ता विवादास्पद क्षेत्र नागोर्नाे काराबाखमा द्धन्द्ध जारी रहेको छ । त्यहाँ भएका एक अर्का विरुद्धका आक्रमणहरुमा सयौँ नागरिकले ज्यान गुमाएका छन् । यी दुई देशका बीचमा दुई पटकसम्म युद्धबिराम भएको भए पनि युद्धविरामको पालना नभएको बताइएको छ । जसका कारण अहिले पनि द्धन्द्ध जारी नै रहेको छ ।

    अजरबैजानका शिक्षा मन्त्री अमिन अम्रुल्याएभले सो कुराको जानकारी दिएका हुन् । उनले उक्त क्षेत्रमा पछिल्लो समयमा शुरुको भएको दुई देशबीचको द्धन्द्धका कारण नौ जना छात्रछात्राको ज्यान गएको बताए । 

    दुई देशका बीचमा गएको सेप्टेम्बर २७ मा युद्ध भड्किएको थियो र त्यस यता आक्रमण जारी रहेको बताइएको छ । नोगोर्नो काराबाख क्षेत्रलाई आफ्नो दाबी गर्दै दुवै आक्रमण गरिरहेका छन् । एएनआई


    शनिवार, कार्तिक १५ २०७७०१:२९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij