Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बजेटमा कमजोरी छन् तर पास हुन्छ: केशव बडाल

बजेटमा कमजोरी छन् तर पास हुन्छ: केशव बडाल

  • आइतवार, जेठ २० २०८१

  • 464
    SHARES

  • बजेटमा कमजोरी छन् तर पास हुन्छ: केशव बडाल

    काठमाडौं । नेकपा एमालेका नेता केशव बडालले केहि कमिकमजोरीका बाबजुत पनि बजेट पास हुने बताउनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कमीकमजोरीको आलोचना गर्ने तर विवादरहित बजेट पास हुन दिनेमा सहमति जनाउने निर्देशन दिएको बताउँदै नेता बडालले बजेटमा कयौं कुराहरुमा ध्यान नपु¥याएको देखिएको भने आरोप लगाउनुभयो ।

    पार्टी अध्यक्ष ओलीले पनि बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । ओलीले सत्तारुढ दलसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गर्दै अर्थमन्त्री वर्षमान पुनले माओवादी प्रति ढल्किएको बजेट ल्याएको टिप्पणी गर्नुभएको थियो ।

    यता, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने अर्थमन्त्री वर्षमान पुनको प्रशंसा गर्नुभएको छ ।
    अर्थमन्त्रीले राम्रो बजेट ल्याएको भन्दै सर्वत्र स्वागत भएको प्रधानमन्त्रीको दाबी रहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग नेता बडालले बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको भन्दै बजेट निर्माण प्रक्रियामा नै सरकारले कमीकमजोरी गरेको बताउनुभयो । तर बजेटलाई समर्थन र पारित गर्ने एमालेको नीति रहेको उहाँको भनाइ छ ।

    यस्तै उहाँले बजेटमा देखिएको मूख्य समस्या नै कार्यान्वयन पक्ष भएकाले अहिलेको बजेट कार्यान्वयन गर्नतर्फ भने सरकार लागिपर्नुपर्नेमा जोड दिनुभयो ।

    बजेटमाथि आजदेखि संसदमा छलफल सुरु हुँदै छ । यस्तै अर्को प्रसंगमा नेता बडालले सरकारको मूख्य पदमा रहेका मन्त्रीहरुले रिवन काट्ने, उद्घाटन गर्नेतर्फ मात्रै नभएर देश र जनताको विकाशका लागि सोच्ने र काम गरेर देखाउनुपर्ने सुझाव दिनुभयो ।

    निर्वाचनका बेला देखाइएका आसा र प्रतिवद्धतालाई पूरा गरेर देखाउनुपर्ने जिम्मेवारी अहिलेको सरकारमाथि आएको उहाँको भनाइ छ ।


    आइतवार, जेठ २० २०८१०९:३९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij