Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सत्तारुढ दलसँग परामर्श गरेर बजेट ल्याइएको भए अझैं राम्रो हुन्थ्यो: महेश बर्तौला

सत्तारुढ दलसँग परामर्श गरेर बजेट ल्याइएको भए अझैं राम्रो हुन्थ्यो: महेश बर्तौला

  • सोमवार, जेठ २१ २०८१

  • 529
    SHARES

  • सत्तारुढ दलसँग परामर्श गरेर बजेट ल्याइएको भए अझैं राम्रो हुन्थ्यो: महेश बर्तौला

    काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले आगामी आर्थिक वर्षको बजेटप्रति आक्रोश र आलोचना नभएर सुझाव भएको बताउनुभएको छ । गठबन्धनको सरकार भएकाले सत्तारुढ दलहरुसँग परामर्श गरेर बजेट ल्याइएको भए अझैं राम्रो हुने बताउँदै बर्तौलाले आमरुपमा भने बजेट राम्रो आएको दाबी गर्नुभयो ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि व्यक्त गनुर््भएको प्रसंगमा नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बर्तौलाले ओलीको असन्तुष्टिलाई आलोचनात्मक सुझावका रुपमा लिनुपर्ने बताउनुभयो ।

    बजेटमा केहि कमीकमजोरी भने भएकै नेता बर्तौलाको टिप्पणी छ । पार्टी अध्यक्ष ओलीले पनि सत्तारुढ दलसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गर्दै अर्थमन्त्री वर्षमान पुनले माओवादी प्रति ढल्किएको बजेट ल्याएको टिप्पणी गर्नुभएको थियो ।

    यता, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने अर्थमन्त्री वर्षमान पुनको प्रशंसा गर्नुभएको छ । अर्थमन्त्रीले राम्रो बजेट ल्याएको भन्दै सर्वत्र स्वागत भएको प्रधानमन्त्रीको दाबी रहेको छ ।

    बजेटलाई सैद्धान्तिक, व्यवहारिक र राजनीतिकरुपमा समर्थनका साथ पारित गर्ने स्पष्ट पार्दै उहाँले बजेट पारित हुनेमा कुनै शन्देह र प्रश्न नभएको बताउनुभयो । यस्तै बजेट कार्यान्वयन गर्न तर्फ भने सरकारले ध्यान दिनैपर्ने उहाँको सुझाव छ ।

     


    सोमवार, जेठ २१ २०८११०:२७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij