Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा ओली–प्रचण्ड र देउवाबीच के भयो छलफल ?

बालुवाटारमा ओली–प्रचण्ड र देउवाबीच के भयो छलफल ?

  • सोमवार, जेठ २१ २०८१

  • 1.6K
    SHARES

  • बालुवाटारमा ओली–प्रचण्ड र देउवाबीच के भयो छलफल ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन नेताबीच भेटवार्ता भएको हो ।

    शीर्ष तीन नेताबीचको भेट पछिल्ला समसामयिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्री प्रेस विज्ञ मनहरि तिमल्सिनाले बताउनुभयो ।

    राष्ट्रिय राजनीतिमा देखिएका चुनौती, सदनलाई प्रभावकारी ढंगबाट अगाडि बढाउने, सहकारी प्रकरणलगायतका विषयमा पनि शीर्ष तहमा छलफल भएको बुझिएको छ ।

    प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग छलफल गर्नुअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि भेटवार्ता गर्नुभएको थियो । भेटमा मधेश सरकार र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइन्छ ।


    सोमवार, जेठ २१ २०८१०२:०८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij