Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पार्टी फुटाइदिने, तहसनहस पारिदिने त्रास फैलाइएर माधव नेपाललाई चपेटामा पारिएको छ: उपेन्द्र यादव

पार्टी फुटाइदिने, तहसनहस पारिदिने त्रास फैलाइएर माधव नेपाललाई चपेटामा पारिएको छ: उपेन्द्र यादव

  • बिहिवार, जेठ २४ २०८१

  • 607
    SHARES

  • पार्टी फुटाइदिने, तहसनहस पारिदिने त्रास फैलाइएर माधव नेपाललाई चपेटामा पारिएको छ:  उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल स्वतन्त्ररुपले निर्णय गर्न सक्ने अवस्थामा नभएको बताउनुभएको छ । मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार ढलेको छ ।

    मधेश प्रदेश सभाको हिजो दोस्रोपटक बसेको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले सरकार छाडेर समर्थन फिर्ता लिएका थिए भने सरकारमा रहेको एकीकृत समाजवादीले पनि यहि मंगलबार समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत नपाएका हुन् ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासंग कुरा गर्दै यादवले पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपाललाई बाध्य र मजबुत पारेर मधेशबाट नेकपा एसले समर्थन फिर्ता लिन लगाइएको स्पष्ट पार्नुभएको छ ।

    नेकपा एसले आफूहरुलाई दिएको साथ फिर्ता नलिने बताए पनि पार्टी अध्यक्ष नेपाललाई बाध्य पारेर फिर्ता लिन लगाइएको पूर्वमन्त्रीसमेत रहनुभएका यादवले आरोप लगाउनुभयो । यस्तै नेपालका अनुसार जसपासँगै रहन्छौं भन्दा पनि पार्टी फुटाइदिने, तहसनहस पारिदिने त्रास फैलाइएर चपेटामा पारिएको नेता यादवको भनाइ छ ।

    सहकार्यमा मिलेर काम गरेका दलहरुले समर्थन फिर्ता लिएपछि आफूहरुसँग बहुमत नभएकाले मधेश सरकार ढलेको उहाँको प्रष्टोक्ती रहेको छ ।
    आफूहरुले ६ वर्ष मधेश सरकार चलाएको बताउँदै उहाँले अन्य दलले ६ महिना पनि चलाएर देखाउन चुनौती दिनुभएको छ ।

    यसैबीच, मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको हो ।

    प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति निकालेर प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न भोलि बिहान १० बजेसम्मको समय दिएको उल्लेख गर्नुभएको छ ।


    बिहिवार, जेठ २४ २०८१०८:३६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij