Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारबाट बाहिरिए पनि पराजित भएका छैनौं: मनिष सुमन

सरकारबाट बाहिरिए पनि पराजित भएका छैनौं: मनिष सुमन

  • शुक्रवार, जेठ २५ २०८१

  • 528
    SHARES

  • सरकारबाट बाहिरिए पनि पराजित भएका छैनौं: मनिष सुमन

    काठमाडौं । जनता समाजवादी पार्टी जसपाका प्रवक्ता मनिष सुमनले मधेश सरकारबाट बाहिरिए पनि आफूहरु पराजित नभएको बताउनुभएको छ । सरकार आउनु र जानु एउटा प्रक्रिया भएको बताउँदै उहाँले साढे ६ वर्ष मधेशका जनताले जसपाको नेतृत्वको सरकारलाई स्विकार गरेको स्पष्ट पार्नुभयो ।

    मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो ।

    गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले सरकार छाडेर समर्थन फिर्ता लिएका थिए भने सरकारमा रहेको एकीकृत समाजवादीले पनि यहि मंगलबार समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत नपाएका हुन् ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासंग कुरा गर्दै नेता सुमनले मधेशका जनताले आफ्नो पार्टीलाई गरेको विश्वास सरकार बाहिर रहेर पनि पूरा गर्ने बताउनुभयो ।

    यस्तै अर्को प्रसंगमा नेता सुमनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उथलपुथलका कारण विगत १७ महिनामा ३/४ वटा गठबन्धन फेरिइसकेको बताउनुभयो । स्थिर सरकार नभएकाले विकासका गतिहरु केहि सुस्त भएको आरोप लगाउनुभएको छ ।

    यसैबीच, २०४६ सालको परिवर्तनपछि अहिलेसम्मका प्रधानमन्त्रीदेखि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने र त्रुटी देखिए कडा भन्दा कडा कारवाही गर्नुपर्ने प्रवक्ता सुमनको माग रहेको छ ।


    शुक्रवार, जेठ २५ २०८१०८:४२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij