Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सूर्य थापाको प्रश्न, बालेन मेयर होकी पुलिस हड्डाको हवलदार ?

सूर्य थापाको प्रश्न, बालेन मेयर होकी पुलिस हड्डाको हवलदार ?

  • आइतवार, जेठ २७ २०८१

  • 658
    SHARES

  • सूर्य थापाको प्रश्न, बालेन मेयर होकी पुलिस हड्डाको हवलदार ?

    काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले सहकारीको रकम हिनामिना प्रकरणमा दोषी ठहरिने जुनसुकै ओहदाको व्यक्ती भए पनि कारबाही हुने बताउनुभएको छ । सहकारी प्रकरणमा गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको नाम जोडिएको छ ।

    विभिन्न प्रमाणहरुका आधारमा गृहमन्त्री लामिछाने प्रत्यक्ष संलग्न भएको भन्दै विरोध र प्रदर्शन पनि हुने गरेका छन् ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै संसदीय छानबिन विशेष समितिका संयोजकसमेत रहनुभएका थापाले समितिले काम सुरु गरिसकेको र तथ्यका आधारमा गृहमन्त्री, मन्त्री, नेता तथा सांसद जुन पदका व्यक्ति भए पनि कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभयो ।

    मन्त्री, नेतालाई बचाउने र फसाउने नभई समितिले निष्पक्ष, भयरहित काम गरेर सहकारी पिडीतलाई न्याय दिने संयोजक थापाको भनाइ छ । सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै यहि १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ र तोकिएकै समयभित्र आफूहरुले काम सक्ने नेता थापाले बताउनुभयो ।

    यस्तै अर्को प्रसंगमा नेता थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सीमा नाघेको आरोप लगाउनुभएको छ । बालेन काठमाडौंको मेयर होकी पुलिस हड्डाको हवलदार हो भन्ने प्रश्न गर्दै बालेनले कुनै पनि विषयमा बोल्नुअघि तथ्य प्रमाणहरु चाहिने बताउनुभयो ।

    यस्तै सार्वजनिक रुपमा बालेनका टिप्पणीहरु जसरी आइरहहेका छन् यसबाट बालेनले मेयरको मर्यादा नास गरिरहेको पुष्टि हुने नेता थापाको तर्क छ । यहि जेठ २१ गते बालेनले एमाले अध्यक्ष ओलीको आलोचना गर्नुभएको थियो ।

    बालेनले पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीलाई दश हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन आग्रह गर्नुभएको थियो ।

    झापाको गिरीबन्धु टी–स्टेटको जग्गामा बैना लिनेहरूलाई दुई वर्षधित्र गिरीबन्धुकै जग्गा दिलाउने भनेर थुमथुम्याएको समेत बालेनको दाबी रहेको थियो । बालेनको यो टिप्पणीपछि एमालेका सांसदहरुले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन आग्रह पनि गरेका छन् ।


    आइतवार, जेठ २७ २०८१०८:१५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij