Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जुन गतिमा विकाशको काम हुनुपर्ने हो यसमा चुकेको भए पनि सरकारलाई असफल भन्न मिल्दैँन: देवेन्द्र पौडेल

जुन गतिमा विकाशको काम हुनुपर्ने हो यसमा चुकेको भए पनि सरकारलाई असफल भन्न मिल्दैँन: देवेन्द्र पौडेल

  • शुक्रवार, जेठ ३२ २०८१

  • 486
    SHARES

  • जुन गतिमा विकाशको काम हुनुपर्ने हो यसमा चुकेको भए पनि सरकारलाई असफल भन्न मिल्दैँन: देवेन्द्र पौडेल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जुन गतिमा देश विकाशको काम हुनुपर्ने हो यसमा सरकार चुकेको बताउनुभएको छ । तर सरकारलाई पूर्णरुपमा असफल भयो भनेर नकारातमक सोचिहाल्नुपर्ने भने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पुर्वमन्त्री समेत रहनुभएका नेता पौडेलले वर्तमान सरकारले धेरै ग¥यो भन्ने अवस्था नभए पनि केहि गरेन भनेर भन्नु, टिप्पणी र आलोचना गर्नु गलत भएको बताउनुभएको छ ।

    केहि भएको छ, अब धेरै हुन्छ भन्ने सकारात्मक सोच्नुपर्ने नै अहिलेको आवश्यकता रहेको पनि उहाँको भनाइ छ । बजेट, निति तथा कार्यक्रम सहमतिका आधारमा प्रस्तुत हुनु, बजेटले सकारात्मक संकेत दिनुलाई राम्रोपक्ष मान्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    यस्तै उहाँले सरकारमा रहेका मन्त्रीले आफ्नो लागि भन्दा पनि देश र जनताको लागि सोचुन् भ्रष्टाचार नगरुन् भन्ने नै सबैको सुझाव र आशा रहेको बताउनुभएको छ ।

    प्रदेश सरकारको विवादका कारण पनि केहि प्रश्नहरु उब्जिएको स्पष्ट पार्दै नेता पौडेलले जनतामा छाएको निराशालाई गम्भिरताका साथ सोच्नैपर्ने बताउनुभयो ।


    शुक्रवार, जेठ ३२ २०८११०:०९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij