Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अधिकार माग्ने चरण सकियो, अव कर्तव्य पुरा गर्ने अभियान थालौँ : डा. चन्द्र भण्डारी

अधिकार माग्ने चरण सकियो, अव कर्तव्य पुरा गर्ने अभियान थालौँ : डा. चन्द्र भण्डारी

  • सोमवार, आषाढ ३ २०८१

  • 809
    SHARES

  • अधिकार माग्ने चरण सकियो, अव कर्तव्य पुरा गर्ने अभियान थालौँ : डा. चन्द्र भण्डारी
    काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा चन्द्र भण्डारीले नेपालमा अधिकारका कुरा धेरै गर्ने तर कर्तव्य र उत्तरदायित्वका बारेमा कम ध्यान दिइने गरिएको बताउनुभएको छ । उहाँले अधिकार माग्ने तर कर्तव्य पुरा नगर्ने प्रवृत्तिका कारण अराजकता र गैरजिम्मेवारपन बढेको उल्लेख गर्नुभयो । 
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले अधिकार माग्ने चरण सकिएको र अव कर्तव्य पुरा गर्ने अभियान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । हामीले आफ्नो अधिकारका बारेमा मात्रै धेरै छलफल गरेका छौँ, आफ्नो कर्तव्यतर्फ हामीले कहिल्यै ध्यान दिएनौँ, त्यस कारणले पनि देशमा राम्रा काम हुन सकेनन्, डा भण्डारीले भन्नुभयो । 
     
    नेपाली कांग्रेसका सांसद समेत रहनु भएका भण्डारीले देश केही माफियाको हातमा रहेको नेता तथा उच्च पदाधिकारीहरूलाई उनीहरूले नै चलाएको दाबी गर्नुभयो । एउटा प्रधानाध्यापक सक्षम र इमान्दार हुँदा विद्यालय सुध्रिने गरेको दृष्टान्त दिँदै उहाँले कुनै प्रभाव र प्रलोभनमा नपरी काम गर्ने नेतृत्व भएमा देश विकास गर्न पनि गाह्रो नभएको तर्क गर्नुभयो ।
     


    सोमवार, आषाढ ३ २०८१०८:१३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij