काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले कुनैपनि पार्टीको सदस्यता नवीकरण गरेपछि पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिइरहन मिल्छ वा मिल्दैन भन्ने कुराको सरकारसँग जवाफ माग गर्नुभएको छ ।
बुधबारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उहाँले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेको भन्ने समाचारप्रति इङ्गित गर्दै पार्टी सदस्यता नवीकरणपछि पनि पूर्वराष्ट्रपतिको हैसियतमा सेवा सुविधा लिन मिल्छ वा मिल्दैन भन्नेबारे सरकारको जवाफ माग गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘पूर्वराष्ट्रपतिले एउटा कुनै पार्टीको सदस्य नवीकरण गरेको समाचार सुन्नमा आयो । पार्टीको सदस्य नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन, राज्यले त्यो बारे के सोचेको छ । सरकारले त्यसको जवाफ दिओस् । संविधानमा के छ ? त्यो सरकारले जवाफ देओस् भनेर म माग गर्न चाहन्छु ।’
उहाँले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा कानुनी प्रक्रिया नपुर्याइकन नियुक्ति गर्ने प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाउनुभयो ।